नेपालमा भ्रष्टाचार बढेको बढ्यै

सबैभन्दा कम भ्रष्टाचार गर्ने डेनमार्कसँग नेपाल तुलना(अडियोसहित)

प्रकाशित मिति: 2016-01-28

काठमाडौं १४ माघ । यसबर्ष नेपालमा भ्रष्टाचार झन बढेको पाइयो । विश्वका देशहरुमा नेपाल भ्रष्ट मुलुको १५ नम्बरमा देखियो । ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) ले सन् २०१५ मा १६८ मुलुकका सार्वजनिक क्षेत्रमा भएका भ्रष्टाचारबारे अवधारणा मापन गरेकामा नेपाल १३०औँ स्थानमा परेको छ । सबैभन्दा कम भ्रष्टाचार हुनेमा ड्नमार्क पहिलो कम भ्रष्टाचार गर्ने देशको सूचीमा छ ।

कम भ्रष्टाचार हुने देमा देशमा प्रेस स्वतन्त्रता, बजेट पारदर्शीता, शक्तिमा रहेकाको सदाचार, निष्पक्ष न्यायालय तथा भ्रष्टाचार व्याप्त भएका मुलुकमा द्वन्द्व तथा युद्ध, दयनीय शासन प्रणाली, कमजोर सार्वजनिक निकाय र नियन्त्रित प्रेस स्वतन्त्रताजस्ता पक्षलाई आधार बनाइएको छ ।

 विगत एक वर्षभित्र विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, बर्टेल्सम्यान फाउन्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट र ग्लोबल इनसाइट समेत गरी पाँच संस्थाद्वारा गरिएको सर्वेक्षणका आधारमा नेपालले १०० मा २७ अङ्क प्राप्त गरेको छ । नेपालले सन् २०१४ को तुलनामा सन् २०१५ मा दुई अङ्क कम पाएको हो ।

टिआई नेपालका अध्यक्ष भरतबहादुर थापाले भ्रष्टाचार राष्ट्र र राष्ट्रिय स्वाधीनतालाई नकारात्मक प्रभाव पार्ने विषय भएकाले यसको न्यूनीकरणका लागि कार्यपालिका, न्यायापालिका र व्यवस्थापिका–संसद्को समन्वय र प्रतिबद्धताको खाँचो औँल्याउनुभयो ।

सबैभन्दा कम भ्रष्टाचार हुने डेनमार्कसँग नेपालको तुलान कसरी गर्ने गर्ने ? उमा पौडेलले  टिआई नेपालका ध्यक्ष भरतबहादुर थापासँग् कुराकानी गर्नु भएको छ । 

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/Int_Uma_with_bharat_Thapa.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/Int_Uma_with_bharat_Thapa.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार