सिराहामा नयाँ भूकम्प

प्रकाशित मिति: 2016-01-27

काठमाडौं १३ माघ । सिराहामा नयाँ भूकम्प गएको छ । आज बिहानै सिराहामा ४ दशमलब २ रेक्टर स्केलको भूकम्प गएको हो ।

नेपाली समय अनुसार बिहान ६ बजेर १७ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख भूगर्वविद लोकविजय अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सिराहामा गएको भूकम्प नयाँ भूकम्प हो । सिराहाका अर्नामालपुर नजिकै भूकम्प गएको हो । सिराहा लगायतका जिल्लामा कम्पन महसुस गरिएको थियो । 

Recent Earthquakes In Nepal
Date (YYYYMMDD) UTC Time Latitude Longitude Magnitude(ML) Remarks Epicentre Form
2016/01/27 00:32 26.68 86.27 4.2 NSC Siraha
 

तपाईंको बिचार