'एक कप कफी पिऊँ, रोजगारीमा पहुँच पुर्याऔं'

प्रकाशित मिति: 2016-01-25
लक्ष्मी बस्नेत

काठमाडौं ११ माघ । देशको राजधानी काठमाडु अनि काठमाण्डुको पनि मुटु मानिने पुतलीसडक अर्थात कमलादी मोडमै रहेका मध्ये एउटा सटरको बाहिर पट्टि लेखिएको छ, एक्सेस इन फुडल्याण्ड क्याफे । अनि त्यसैको तल्लोपट्टी लेखिएको छ, एक कप कफी पिऔं, अपांगता भएका महिलाहरुको रोजगारीमा पहुँच पुर्याऔं । यो नाराले कसैलाई आकर्षित गर्छ, कसैलाई भित्र छिनै लाग्दा पनि फर्काउने गर्छ । 

अपांगता भएकै कारण केही गर्न सक्दैैन भन्ने सोच र उनीहरुलाई हेर्ने दृष्टिकोणका कारण अपांगता भएका त्यसमा पनि महिलालाई जिउन कठिन नै छ । तर अपांगता भएपनि केही गर्न सकिन्छ र थुपै्र काम उनीहरुले गरिरहेका छन् । अपांगता भएकै महिलाहरुले राजधानीमा एउटा रेष्टुरेन्ट अर्थात क्याफे चलाइरहेका छन् । क्याफेका मेनेजर अनिता घिमिरे सहयोग गर्न चाहानेहरु आउने गरेको र नचाहानेहरु नारा हेरेर फर्किने गरेको बताउनुहुन्छ । 

 जना अपांगता भएका महिलाहरु कार्यरत भए पनि उनीहरुलाई लामो समय उभिएर गर्नुपर्ने काम गर्न गाह्रो हुने भएकाले २ जना सवालाङ्क पुरुषले खाना पकाउन सहयोग गरिरहेका थिए ।

केही दिन अघि बिहान ११ बजेतिर क्याफेमा पुग्दा २-३ जना महिला कर्मचारी थिए । तर कोही बोल्न नसक्ने, कोही कान नसुन्ने । बिहान क्याम्पस पढेर दिउँसो काम गर्नेहरु आउनै बाँकी थियो । ३ जना अपांगता भएका महिलाहरु कार्यरत भए पनि उनीहरुलाई लामो समय उभिएर गर्नुपर्ने काम गर्न गाह्रो हुने भएकाले २ जना सवालाङ्क पुरुषले खाना पकाउन सहयोग गरिरहेका थिए । तीनै मध्येका सिन्धुपाल्चोकका धु्रव थापालाई भावनाले तानेको थियो । 

रेष्टुरेन्टमा कामको जिम्मेवारी तोकिएको छैन । आवश्यक पर्दा सबैले भाँडा माझ्छन सबैले समाफा गर्ने, पसा बुझ्ने काम गर्छन । अपांग महिला संघका कोषाध्यक्षसमेत रहनुभएका अनिता मेनेजरको जिम्मेवारीमा हुनुहुन्छ । तर बिहानको ८ बजे अघि नै ४ पांग्रे स्कुटरमा त्यहाँ पुग्ने उहाँ, आफ्नो पदभन्दा कामलाई ठूलो मान्नुहुन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार हरेक १५ प्रतिशत जनसंख्या एकजना कुनै न कुनै अपाङ्गता भएको हुन्छ । जनगाण अनुसार ५ लाख १३ हजार ३ सय २१ जना नेपालमा अपाङ्गता भएका व्यक्ति छन् । राष्ट्रिय योजना आयोगको अध्यन अनुसार अपाङ्गता भएका १५ प्रतिशत व्यक्ति परनिर्भर अथवा अरुको भरमा बाँचिरहेका छन् ।

५ प्रतिशत रोजगारीमा छन् । सरकारले २०६६ सालदेखि निजामति सेवामा आरक्षणको समेत व्यवस्था गरेको छ । पछिल्लो समय स्वरोजगार बन्ने क्रम बढेको तथ्याङेकले देखाएको छ । 

अपांगता भएका महिलाहरुलाई रोजगारी पाउन अप्ठ्यारो हुने भएकाले उनीहरुको अपांगताको अवस्थाअनुसार काम गर्न लगाउने गरी रेष्टुरेन्ट संचालनमा ल्याइएको हो । मःम, चाउमिनका परिकारका साथै अरु खाजाका विभिन्न परिकारहरु विभिन्न कार्यालय तथा संघसंस्थाहरुले नियमित ग्राहक बनेर नै सहयोग गर्ने गरेका छन् । सरकारी तवरबाट भने कुनै सहयोग छैन । 

 

तपाईंको बिचार