सुरु भयो पुनःनिर्माण महाअभियान, शीर्ष नेताको एकै स्वर, एकै चिन्ता(अडियोसहित)

अवको १८ दिनपछिबाट ध्वस्त पारेका घर निर्माण अभियान

प्रकाशित मिति: 2016-01-17
लिलप्रकाश चन्द

काठमाडौं ३ माघ । 
सरकारी तथा गैरसरकारी निकायको आर्थिक सहयोगमा अवको १८ दिनपछिबाट भूकम्पले ध्वस्त पारेका घर निर्माण अभियान चल्दैछ । पुनर्निर्माण अभियानको सरकारले औपचारिक सुरुवात ग¥यो । दातृ निकायको सहयोगमा संकलन भएको अर्वौ रकममा अनियमितमा हुन्छ कि भन्नेमा दलका नेता र दाताहरुको चिन्ता कायमै छ । 

आर्थिक अनियमितता हुन नदिने सरकारको प्रतिबद्धता अनुसार कडा अनुगमन र कारबाही भयो भने अनि लोभी भावको अन्त र सेवाभावको निरन्तरता रह्यो भने मात्रै पिडितकोमा कार्यक्रम पुग्दछ । 

छाना, नाना र खानाको अभावमा भूकम्प पीडितहरुलाई दैनिकी चलाउन मुश्किल परिरहेको बेला सरकारले अर्वौ रुपैँयाको पुनर्निर्माण अभियान सुरु गरेको हो । तर पुनर्निर्माणको रकम दुरुपयोग हुने हो की भन्ने पीर एमाओवादी अध्यक्ष प्रचण्डलाई लागेको छ । 

पीडितका लागि पठाइएका नूनतेल, लत्ताकपडा, जस्तापाता लगायत सामग्री गैर पीडितको घरमा पु¥याइएका खबर अँझैं आइरहेका छन् । अन्तर्राष्ट्रिय समुदायले प्रतिबद्धता जनाएको रकमको हिसाव गर्ने हो भने झन्डै ४ खर्ब १० अर्बको लागतमा पुनर्निर्माण अभियान चल्नेछ । तर त्यो रकम खर्च गर्न कडा अनुगमन, नियमनको आवश्यकता औंल्याउँदै काङ्ग्रेस सभापति सुशील कोइरालाले पुनः निर्माणमा साथ रहने प्रतिवद्धता जनाउनुभयो । 

भूकम्प पीडितलाई दुई लाख रुपैँया अनुदान दिने बारेमा विश्वस्त हुन नसकेको दातृ निकाय पुनर्निर्माण अभियानका लागि पनि ढुक्क हुन सकेका छैनन् । दाताको शंका निवारण गर्ने प्रयासमा सरकारले पुनर्निर्माण अघि ध्वस्त भएका संरचनाको तथ्यांक संकलन गरिरहेको छ । केन्द्रिय तथ्यांक बिभागका उपमहानिर्देशक डा रुद्र सुवाल पहिला नै तथ्याङ विभागसँग समुन्वय नहुँदा समस्या परेको बताउनुहुन्छ । 

अन्तर्राष्ट्रिय समुदायले प्रतिबद्धता जनाएको मध्ये ९१ अर्बको सम्झौता भइसकेको छ भने तीन खर्ब बराबरको सहायता रकम आउन बाँकी छ । तर प्रधानमन्त्री केपी शर्मा ओली भन्नुहुन्छ, पुनर्निर्माणमा अनियमितता गर्ने जोकसैलाई  सरकार कारबाही गर्छ  । 

पुनःनिर्माण प्राधिकरण मातहत पुनःनिर्माण परिषद्, निर्देशक समिति र कार्यकारी समिति गरी तीन तहको संरचना छ । आर्थिक अनियमितता हुन नदिने सरकारको प्रतिबद्धता अनुसार कडा अनुगमन र कारबाही भयो भने अनि लोभी भावको अन्त र सेवाभावको निरन्तरता रह्यो भने मात्रै पिडितकोमा कार्यक्रम पुग्दछ । 

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/Report-lilprakash_chand_.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/Report-lilprakash_chand_.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार