घरको काम-श्रीमानको साथ (अडियोसहित)

'विहेको २५ बर्ष माया, समझादारी झन बढ्दै'

प्रकाशित मिति: 2016-01-16
उमा पौडेल
photo : googel
photo : googel

धादिङ्की आशा रिजालले भाडा माझ्दा उहाँका श्रीमान् चुल्हो पुछ्नुहुँन्छ । श्रीमतिले लुगा धुँदा पखाल्नुहुन्छ । आशा भन्नुहँन्छ बिहे गरेको २५ बर्ष भयो तर आफुहरुबिचको माया, समझादारीमा अलिकति पनि कमी आएको छैन । 

काठमाडौं २ माघ । सवेरै देखिको लिपपोत, बडारकुडारपानीपधेरो, चियाखाजा । बिहान ३ बजे उठ्दा पनि ओखलढुंगा बरुणेश्वरकी ६१ बर्षका रेवता दाहाललाई घरको काम भ्याईनसक्नु हुँन्छ । त्यसपछि मेलापातले पोल्न थाल्छ उहाँको मन ।

उतिवेला जागिरे श्रीमान् पाँउदा फुरुङ्ग बन्नुभएकी उहाँ अहिले घरको काममा त्यति नसघाँएपछि सकिनसकी एक्लैले काम गर्नपरेको दुखेसो गर्नुहुँन्छ । 

मान्छेको लिङगका आधारमा कामको बाँडफाँड गरिएको छ, अहिलेपनि घरभित्रको काम त्यसै अनुसार चल्छ । कार्यालयमा जस्तो घरभित्रपनि समान र जिम्मेवारीको अघोषित तह विभाजन छ । 

श्रीमतीले आफ्नो दुःख सुनाँउदा पिडिमा बसेर गहभरी आँशु बनाउनुभएका रेवताका श्रीमान् लिलावल्लब दाहाललाई काममा सघाउनै पाए हुन्थ्यो भन्ने लाग्छ । तर ‘उमेरमा काम सघाउन सकिएन र अहिले बुढ्यौलीले छपक्कै छोप्यो ’आफैसँग उहाँको गुनासो । 

धादिङ्की आशा रिजालले भाडा माझ्दा उहाँका श्रीमान् चुल्हो पुछ्नुहुँन्छ । श्रीमतिले लुगा धुँदा पखाल्नुहुन्छ । आशा भन्नुहँन्छ बिहे गरेको २५ बर्ष भयो तर आफुहरुबिचको माया, समझादारीमा अलिकति पनि कमी आएको छैन । 

आमाले यति भन्दै गर्दा आशाकी छोरी रोजिना रिजाल चुप लागेर बस्न सक्नुभएन  । भन्नुभयो, ‘आमाले भाडा माझ्दा बाबाले कोठा सफा गर्ने अरु धेरै काम गर्नु हुन्छ ।’ मान्छेको लिङगका आधारमा कामको बाँडफाँड गरिएको छ, अहिलेपनि घरभित्रको काम त्यसै अनुसार चल्छ ।

कार्यालयमा जस्तो घरभित्रपनि समान र जिम्मेवारीको अघोषित तह विभाजन छ । समाजशास्त्रि डाक्टर ओम गुरुङ् सबै काम सबैले गर्न मिल्ने हुँदा हुँदै लिङका आधारमा कामको विभाजन गलत भएको बताउनु हुन्छ ।

भनिन्छ : महिला र पुरुष एक्लै सिक्काका दुई पाटा हुन् । हरेक सल्लाह, पारिवारीक निर्णय, कामकाज मिलेर गर्ने हो भने पारीवारीक सम्बन्धलाई सुखि र दिगो बनाँउन सकिन्छ । तर घरको काम बाँडफाड नहुँदा त्यसैकका सम्बन्धमा तिक्तताहरु आउने गर्छन् । घरको काम न त गरेको देखिन्छ, न त काम गरेबापत पारीश्रमिक नै पाईन्छ । 

पछिल्लो समय महिलाहरुले घर बाहिरको काम गर्ने क्रम बढेसँगै पुरुष सदस्यहरुले घरभित्रको काममा साथ दिन थालेका छन् अर्थात घरभित्रको काममा श्रीमान्–श्रीमतीको सहकार्य हुन थालेको छ ।

राज्यले पनि घरायसी कामको मूल्यांकन गर्न थालेको छ । जनगणना २०६८ मा महिलाहरुले घरभित्र गर्दै आएको कामको विस्तृत विवरण लिएको थियो ।

त्यहि समयमा बाँहिर काम गरेर पैसा कमाएर ल्याँउदा श्रीमान्को आम्दानीको गणना हुँन्छ । तर महिलाले घरमा गरिरहेको सेवामुलक कामको गणना हुँदैन । तर पछिल्लो समय घरभित्र, घरबाहिरको काम श्रीमान श्रीमति नै मिलेर गर्ने केहि उदाहरणीय जोडी भेटिन थालेको छ । 

अडियो सुन्नुहोस्

तपाईंको बिचार