पुनःनिर्माण अभियानको सुरुवात, समयको तालमेल मिलेन

'जाडो त अब टर्ने भयो झरी थाम्ने आट छैन'

प्रकाशित मिति: 2016-01-15
सोविता रिसाल

काठमाडौं १ माघ । रसुवा राम्चे वडा नम्बर ८ का होमबहादुर तामाङको सरकारले पैसा दिने बित्तिकै घरको जगहाल्ने योजना थियो । तर, कठोर चिसोमा सेकिएको नांगो आङ न्यानो पार्ने उहाँको इच्छा यो जाडोमा पुरा नहुने भएको छ । किनभने भूकम्प गएको १ बर्षपछि वैशाख १२ कै दिन बाट मात्र प्राधिकरणले काम थाल्ने भएको छ ।

अब मान्छे उडाला झै हुने चैत वैशाखको हावा हुरीमा कसरी घर ठड्याउने होला ? अर्को चिन्ता सुरु भइसकेको छ । राष्ट्रिय पूनःनिर्माण प्राधिकरणले अझै साढे तीन महिनासम्म पुनःनिर्माणको कामनगर्ने भएको  छ । 

केही प्राबिधिक कामहरु गर्दै गरेर प्राधिकरणले भूकम्पले विमास बनाएको बैशाख १२ गते लाई पुनःनिर्माणको साइत जुराएको छ । जाडोमा न्यानो त बैशाखमा पुनःनिर्माण थाल्दा बर्षामा ओत लाग्न पाइएला ? अधिकांसको अहिले चिन्ताको विषय बनेको छ । 

भूकम्पपछि बर्षा, बाढी पहिरोको कहरले सास्ती दियो ।  नाकाबन्दीको मार त पनि भूकम्प प्रभावित माथि नै पर्यो । जाडोले मान्छे मर्ने घटना विरलै हुने पहाडमा यो हिउँदको चिसो भूकम्प पीडितको मृत्युको कारण बन्यो । अब बर्षा अघि नै पक्कि घरमा बस्ने चाहाना धेरै भूकम्प प्रभावित हरुको छ । 

तर, पुनर्निर्माणका लागि दाताले भवन तथा जनसांख्यिक सर्वेक्षण गर्न सर्त पनि राखेका छन् । जुन काम पनि अबको ३ महिनामा सकने र त्यस पछि मात्रै शुरु हुनेछ ।

तीन महिनापछि सुरु हुने काम पुरा हुन चै कति महिना लाग्ला ? प्राधिकरणका कायम मुकायम सचिब मधुसुदन अधिकारी सरकार जति सक्दो छिटो घर बनाउने अभियानमा लाग्ने बताउनुभयो ।

सामान्यतया : एउटा घर बनाउन दुई महिना समय लगाउने गरिन्छ । वैशाख १२ गतेबाटै हरेकले घर बनाउन सुरु गरेपछि असारको मध्य पुग्ने छ । बैशाख १२ बाटै भत्केका हरेक घर बन्न सुरु गर्ने सम्भावना पनि छैन ।

जेठमा गुहँ थन्क्याउने चटारो, असार, साउनमा लगातारको झरी, बाढी, पहिरोको खतरा मौसम, समय केलाउँदा पुनःनिर्माण सुरु गर्ने समय निकै ढिला देखिन्छ । 

तपाईंको बिचार