दुई वर्ष पख्नुस् : पाईपबाटै घरघरमा पुग्छ ग्याँस

काम शुरु भईसकेको छ, उद्योग मन्त्री पाण्डे ः अन्तरवार्ता ( अडियो सहित )

प्रकाशित मिति: 2016-01-13

२९ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले केहि दिन अघि एउटा औपचारिक कार्यक्रममा घरघरमा पाईप मार्फत खान पकाउने ग्याँस वितरण गरिने बताउनुभएको थियो । यो अभिव्यक्तिलाई कतिपयले हावामा उँडाए । तर सरकारले काठमान्डौंको जमिनमा प्राकृतिक रुपमा रहेको खाना पकाउने (मिथेन) ग्याँसलाई पाईप मार्फत घर घरमा पु¥याउने योजनाको थालनी गरिसकेको छ । साथी राजन रुचालले उद्योग मन्त्री सोम प्रसाद पाण्डेसँग यसै विषयमा कुराकानी गर्नुभएको छ । 

नेपालमै ग्याँस र पेट्रोलियम पदार्थको सम्भावनाको खोजी गर्नका लागि सरकारले के गरिरहेको छ ?

निश्चय पनि मैले पुस २३ गते मन्त्रालयको प्रतिवद्वताहरु सार्बजनिक गरेको थिएँ । यसमा सबैभन्दा पहिलो प्राथमिकता भने पेट्रोलियम पदार्थमै छ । मूख्यतः देश भित्र पेट्रोलियम पदार्थको खोजि गर्नको लागि हामीले योजना बनाईरहेका छौं । जसका लागि देशका १० ठाउँमा धनगढी, कर्णाली, नेपालगञ्ज, लुम्विनी, चितवन, विरगञ्ज, मलंगवा, राजविराज, जनकपुर र मोरङमा पेट्रोलिय पदार्थको सम्भावना रहेकोले हामी त्यसको अन्वेषणमा लागि सकेका छौं ।

साथै खान पकाउने ग्याँसको सवालमा पनि काठमान्डौंमा रहेको मिथेन ग्याँसलाई पनि घरघरमा पाईप लाईन मार्फत वितरण गर्न सकिन्छ । २५ वर्ष अघि जाईकाले काठमान्डौं उपत्यकामा २५ स्क्वायर किलोमिटरमा ग्याँस फैलिएको रेकर्ड राखेको थियो । १६ वर्ष अघि सम्म टेकु एरियामा यसको प्रयोग पनि भईरहेको थियो । अब पनि हामी यसको उपयोगको बारेमा बिस्तृत अध्ययन गर्ने र काम गर्ने प्रक्रियामा अघि बढिरहेका छौं ।

साथै दैलेखमा रहेको पेट्रोलिय ग्याँसलाई पनि कसरि प्रयोग गर्न सकिएला भने हामी अध्ययन गरिरहेका छौं ।

प्रधानमन्त्री ज्यूले पनि पाईप लाईन मार्फत घरघरमा खाना पकाउने ग्याँस पु¥याईदिने भन्नु भो जुन कुराको कतिपयले आलोचना गरे कतिपयले समर्थन पनि गरिहेका छन् । सरकारले यो कुरालाई पुरा गर्नको लागि चाँही के गरिरहेको छ त ? 

अहिले हामीले टेकुमा रहेको ग्याँसको स्रोतको प्रयोगका लागि मर्मतको काम शुरु गरिसकेका थियौं । त्यो ठाउँमा पहिले पनि पाइप लाईन मार्फत खाना पकाउने काम गरिन्थ्यो तर पछि सिलिण्डरले त्यसलाई विस्थापित गरेको पाईयो । संसारमा कतिपय ठाउँमा धेरै लामो दुरीमा पनि पाईप लाईन मार्फत मिथेन ग्याँस वितरण भएका उदाहरणहरु छन् । युक्रेनबाट चिनको छेन्दुु भन्ने ठाउँ सम्म पनि ग्याँस सप्लाई भएको मैले सुनेको छु । त्यसैले यसको सम्भावना नभएको भने होईन । 

१६ वर्ष अघि काठमान्डौं टेकुमा पाईप मार्फत बालिएको खाना पकाउने ग्याँस किन बन्द भयो भन्ने ठाउँ बाटै अध्ययन शुरु गर्नु पर्ने होला नि हैन ?

हो, मैले त्यँहिबाट काम शुरु गरेको छु । त्यसको सरसफाईको काम भईरहेको छ । के कति मात्रामा ग्याँस छ ? अनि पाईपहरु के कस्तो अवस्थामा छन् ? यदि पाईपहरु फेर्नु पर्ने भएपनि फेर्नुस भनेर मैले निर्देशन पनि दिईसकेको छु ।

प्रधानमन्त्रीले बाँड्नुभएको सपना कतिपयले देख्न थालिसकेका छन्, अब यो सपना पुरा हुनको लागि कति समय लाग्ला ?

हामी पूर्ण रुपमा उहाँले भने जस्तो सबै घरमा त वितरण गर्न नसकिएला । तर काम पुरा गर्नु अघि सपना नदेखेर पनि हुँदैन । सपना नदेखि काम पनि अघि बढ्दैन । प्रधानमन्त्री ज्यूले उद्योग मन्त्रालयसँग परामर्श गरेरै चाहना राख्नुभएको हो । २० हजार घरधुरीलाई हामीले ०.७५ घनमिटरका दरले बाँड्यौं भने ५० वर्ष सम्म पुग्छ भन्ने कुरा स्वभाविक हो । तर काठमान्डौंको भौतिक संरचनाको अव्यवस्थित बनावटको कारण सबैको घरघरमा पु¥याउन असहज चाँही छ । तर हामीले कुनै कुनै रुपमा काम चाँही शुरु गरिसकेका छौं ।

तपाईकै कार्यकालमा शुरु भयो भने कति समय भित्र पुरा गर्ने योजनाको रुपमा अघि बढाउनुहुन्छ ? 

हामी त सकेसम्म दुई वर्षभित्रै काम सम्पन्न गर्ने गरि अघि बढिरहेका छौं ।

यो पनि 

पाइपबाट चुल्होमा ग्यास सम्भव की असम्भव ?

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/INT_Som_pd_Pandey.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/INT_Som_pd_Pandey.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार