‘यस कारण चाहिंदैन हामीलाई छोरा’ छोरी पुगिसरी

दबाब र सोचमा परिवर्तन भएपछि(अडियोसहित)

प्रकाशित मिति: 2016-01-05
उमा पौडेल
दुई छोरीलाई कोठामा राखेर पढाउँदै मध्यम वर्गीय नेपाली महिला / तस्बिर : गुगल
दुई छोरीलाई कोठामा राखेर पढाउँदै मध्यम वर्गीय नेपाली महिला / तस्बिर : गुगल

काठमाडौं २१ पुस ।  नर्बदाको मनले पहिलो पटक गर्ववति हुँदा नै छोरी भए पुग्छ छोरा आबश्यक छैन भन्ने निर्णय लिएको थियो । तर, छोरा नै चाहिन्छ भन्ने श्रीमान र परिवारको दवाव उहाँका लागि निकै ठूलो भारी बन्यो थेग्न नसक्दा ६ सन्तानको जन्मभयो । 

पारीवारीक दबाब, र सोचमा आजभोली परिवर्तन भएपछि अहिले त्यस्तो दवावमा कमी आएको छ । सन्तान जन्माउने तरखरमा रहनु भएकी भक्तपुरकी सबिना चाप्स्या पहिलो सन्तान छोरी नै भए हुन्थ्यो भन्ने कामना गर्नु हुन्छ ।  

ललितपुरकी सारदा दुलालको चाहाना पनि पहिलो सन्तान छोरी नै होस् भन्ने लागेको छ । नेपाली समाजमा बुढेसकालको सहारा र मरेपछि वैतरणी तार्ने भनेर हुर्काइएका अनेकौं छोरा छन, जसले बाबुआमालाई जीवनभर साथ दिएका छैनन । 

छोरीले छोरासरह काजक्रियादेखि, बुढेसकालमा अविभाबकको पालनतालन समेत गर्ने गरेको देउलाका धेरै अनुभवले पनि छोरी कै आबश्यकतामा जोडबल गरेको छ । बुहारीको गर्भ जाँच गराउन सँगै पाटन अस्पतालमा आउनुभएकी ललितपुर इमाडोलकी लक्ष्मि गुरुङले पन् िछोराबुहारीलाई एउटा मात्रै सन्तान जन्माउन सल्लाह दिइसक्नु भएको छ । चाहे छोरा होस वा छोरी । 

छोरीलाई लाख ठान्ने र छोरी नै पुगेसरी मान्ने बाबुआमाको पंक्तिमा उभिनेहरु धेरै भेटिदै गएका छन् । पछिल्लो समय अंश र बंश धान्न छोरा नै चाहिन्छ भन्ने सोचमा बिस्तारै कमि आएको छ ।

छोरा छोरी जे भएपनि चित्त बुझाउने परिवार बाक्लै भेटिन्छ भने आफुले जन्माउने एकमात्र सन्तान छोरी होस् भनेर चाहने उदाहरणीय दम्पति पनि प्रस्तस्थै भेटिन्छन् । 

विकसित मानिएका मुलुकमा पनि छोरा हुन् या छोरी, १८ वर्ष पुगेपछि उनीहरूलाई आफ्नै खुट्टामा उभिने गरी हुर्काइन्छ । विकासले हामीभन्दा सुखी मानिएका पश्चिमाहरू बुढेसकालमा पैंचो फर्काउने अपेक्षा राखेर छोरा नै खोज्ने गर्दैनन । 

नेपाली समाजमा पनि त्यसलाई पछ्याउँदै छोरीको उदाहरणीय कर्मले छोरा कुर्ने दम्पति, परिवार र समाज पनि छोरी नै भए पुग्छ भन्ने चाहाना राख्न थालेका छन् । 

अडियो सुन्नुहोस्

तपाईंको बिचार