काठमाडौं २० पुस ।बिहानै भारतको मणिपुर राज्यमा शक्तिसाली भूकम्प गएको छ । नेपाली समय अनुसार विहान ४ बजेर ५२ मिनेटमा मणीपुरको सदमुकाम इम्फालबाट २९ किलोमिटर पूर्व बंगालका खाडी नजिक भूकम्प गएको हो ।
मणिपुरमा पाँचजनाको मृत्यु भएको छ । कम्तीमा ३३ जना घाइते भएको रिपोर्ट राष्ट्रिय विपत व्यवस्थापन प्राधिकरणले जनाएको बीबीसी हिन्दीले लेखेको छ ।
विहान ४ बजेर ५२ मिनेटमा भारतको मनिपुरलाई केन्द्रबिन्दु बनाएर ६.८ रेक्टर स्केलको भूकम्प गएको छ । ताप्लेजुङ, झापा, भोजपुर, धनकुटा, सुनसरी लगायत मध्य नेपालका काठमाडौं उपत्यका र पश्चिमका पोखरासहितका भूभागसम्म महसुस गरिएको छ ।
पृथ्वीको सतहबाट १० किलोमिटर तल गएको यो भूकम्पले नेपालको पूर्वी क्षेत्रको अधिकांश भाग तथा पश्चिम क्षेत्रको केही भाग पनि हल्लाएको छ । नेपाल राष्ट्रिय भुकम्प मापन केन्द्रका प्रमुख लोक विजय अधिकारीका अनुसार ६ दशमलब ८ म्याग्नेच्युटका भुकम्प भारतको मनिपुरलाई केन्द्र बनाएर गएको हो ।
पृथ्वीको सतहबाट ३३ किलोमिटर तल गएको यो भूकम्पले नेपालको पूर्वी क्षेत्रको अधिकांश भाग तथा पश्चिम क्षेत्रको केही भाग पनि हल्लाएको छ ।
तपाईंको बिचार