काठमाडौं १० पुस । तपाईकोे घरमा पालेको गाई, भैसिको गोबर हालेर आफ्नै बारीमा तरकारी फलाउनेसम्मको काम अब दुई ओटा मन्त्रालयबाट हुँने भएको छ । कुन काम कुन मन्त्रालयबाट होला ? सबैको टुङ्गो लागि सकेको छैन ।
तर मोटामोटी विभाजन गरेको छ । सरकारले कृषि बिकास मन्त्रालयलाई पशु बिकास र कृषि बिकास मन्त्रालय गरी बिभाजन गरेपछि अब बागवानी, खाद्यान्न, बाली संरक्षण, कृषि प्रसार, बजारको काम मात्रै कृषि बिकास मन्त्रालयबाट हुँनेछ ।
सरकारले नयाँ ५ ओटा फुटाएसँगै कृषि मन्त्रालय पनि पशु र कृषि गरी २ ओटा भएको छ । औद्योगिक बाली चिया कफि, उखु, तेलहनका काम पनि कृषि बिकास मन्त्रालयले नै गर्ने कृषि बिकास मन्त्रालयका प्रबक्ता संखर सापकाटाले बताउनुभयो ।
उहाँले भन्नुभयो ‘कृषिसँग सम्बन्धित निति तर्जुमा, कार्यान्वयनको काम सबै कृषि मन्त्रालयले गर्नेछ ।’
यता पशु बिकास मन्त्रालय अन्तर्गत पशु र पंक्षिसँग सम्बन्धित क्रियाकलापहरु हुँनेछन् । पशुपंक्षीको पालन, अनुसन्धान, निति तर्जुमा, समन्वय लगायतका काम पशु बिकास मन्त्रालयबाट हुँने पशु बिकास मन्त्रालयका प्रबक्ता श्याम पौडेलले जानकारी दिनुभयो ।
मन्त्रालय बिभाजन नहँुदै पनि कृषि र पुश सेवा बिभाग, निर्देशनालय, जिल्ला कार्यालय र क्षेत्रीय तथा उपशाखा कार्यालयहरु बर्षौ पहिले देशभरि अलग अलग रुपमा स्थापना भईसकेका थिए । पशु बिकास मन्त्रालयका प्रबक्ता श्याम पौडेल भन्नुभयो “अब पनि बिभाग भन्दा तलका सबै संरचना एकै हुँने र मन्त्रालय मात्रै फरक हुँन्छ । ”
किसानले तरकारी, फुलफूल, पशुपंक्षी पालनको मिश्रित काम गर्दैै आएपनि मन्त्रालय विभाजन अघि पनि कृषि र पशु सम्बद्ध कार्यालय बिच समन्वय अभाबका प्रसंगहरु बेला बेलामा आईरहन्थे ।
अब दुबै मन्त्रालयबिच दरिलो समन्वय हुँने हो भने निर्णय, निति कार्यान्वयनका काममा सहज हुँने कृषि बिकास मन्त्रालयका प्रबक्ता संखर सापकोटाको बिश्वास छ ।
समस्या माछा र मौरीमा
कृषि अन्तर्गत बाली, फलफूल लगायत विषय स्वतः परे । त्यसैगरी, गाई, बाख्रा लगायत पशुसम्बन्धी विषय पशु विकास मन्त्रालयअन्तर्गत रहने भए ।
अब समस्या देखियो, मत्स्य, मौरी र रेसममा । मत्स्य, मौरी र रेसम सम्बन्धि कुन मन्त्रालयले हेर्ने भनेर निर्णय हुँन बाँकि छ । मन्त्रालय बिभाजनले ग्रामिण किसानका लागि खासै केहि हुँने छैन ।
तपाईंको बिचार