बाटो खुल्यो-गाडी गुड्यो

प्रकाशित मिति: 2015-12-30

मनाङ, १५ पुस । लामो समयदेखि अवरुद्ध जस्तै बनेको मनाङ जाने बाटो पूर्ण रुपमा खुलेको छ । मनाङको तिमाङ छहरामा नेपाली सेना र प्रहरीको सयुक्त टोलीले मंगलबार बाटो खुलाएको हो ।

प्रमुख जिल्ला अधिकारी भीम पौडेलको सक्रियतामा असार देखि बाटो बन्द जस्तै भएको बाटो खुलेपछि आवत जावत सहज भएको छ ।

घण्टाको ९ हजारका दर लम्जुङको बेसी शरहबाट डोजर बगाएपनि करिब डेड लाख रुपियाँ खर्च गरेपनि बाटो बनाउन नसकि फर्किएको थियो ।

तर प्रमुख जिल्ला अधिकारी पौडेलको नेतृत्वमा लामो प्रयासपछि सेनाको प्राविधिक टोली र प्रहरीको सयुक्त टोलीले बाटो खुलाएको हो । यसअघि हिमपाई बन्दहुँदा बाटोमा पानी आउने र पानी जमेर गाडी चलाउन नसक्ने अवस्था थियो । 

माउण्टेन रेस्क्युका सामग्री मगाएर बाटो खुलेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो ।

मनाङ जाने एकमात्र बाटो नचल्दा पर्यटक, नागरिक सबैलाई समस्या भएको थियो ।  बाटो खुलाएपछि जान नसकेका गाडीहरुलाई पास गराइएको छ । 

तपाईंको बिचार