‘जहाँ महिलालाई नागरिकता बन्देज छ’(अडियोसहित)

प्रकाशित मिति: 2015-12-29
आयुष निरौला, रेडियो सरगम झापा

झापा १४ पुस । नेपाली भएपछि नेपालबाट पाउने सेवा सुविधाहरु नागरिकताकै आधारमा पाईन्छ । तर झापा मेचिनगर ३ शु्वम टोलमा बसोबास गर्दै आएका कबर जातीका महिलाहरुको पूस्तौदेखि नागरिकता छैनन । धेरै सेवा सुबिधाबाट बन्चित छन् । 

झापाको मेचीनगर ३ मा बस्ने ६० परिवारका सबै पुरुषसँग नागरीकता छ । तीनै परिवारका महिला भने नागरीकता बिहिन छन् । पुस्तौ देखि बसोबास गर्दे आएको भएपनि नागरीकता नभएपछि सरकारी सुबिधाबाट बन्चित हुनुपरेको उनीहरुको गुनासो छ । झापाकी जत्री कबर नागरिकता लिन प्रयास गर्दा पनि नपाएको बताउनुहुन्छ ।
 
जनचेतनाको कमी र पारीवारीक पहल कम भएकाले नागरीकता नपाएको उनीहरु बताउछन् । नेपाल सरकारले महिलाहरुलाई ६० बर्ष पुगेपछि वृद्ध भक्ता दिने गरेको छ भने एकल महिलालाई पनि भक्ता बाडिरहेको छ । तर नागरिकता नभएपछि उनीहरुले यस्ता सुविधा पाउन सकेका छैनन् । श्रीमानले नागरिकता बनाउन चासो नदिएको बताउनुहुन्छ, ६० बर्षिया कपन कबर ।

अशिक्षाको कारण कबर समुदायका महिलाहरुलाई नागरिकता कसरी बनाउन सकिन्छ , नागरिकता बनाउन के चाहिन्छ भन्ने समेत जानकारी छैन । केही महिलाहरु नागरिकता बनाउन अघि बड्दा श्रीमानको नागरिकताबाट नागरिकता पाईदैन भन्ने सुनेर फेरि कुनै पहल कदम नगरेको बताउनुहुन्छ कबर । 

घर परिवारले नै नागरिकता बनाईदियो भने अंश खोज्छन भनेर साथै नागरिकता नहुनेले पनी चासो नदिएकोले महिलाहरुले नागरिकता नपाएको नागरिक सचेतना केज्द्रका सदस्य राम कबर बताउनुहुँन्छ । राज्यको सुबिधा उपयोग गर्न नागरीकता आवश्यक पर्ने बारे जाँनकारी गराउने गरको कबरको भनाई छ । 

सयँौ बर्षदेखि बसोबास गर्दै आएका अत्यन्त न्युन जनसंख्यामा रहेका कबर जातीका महिलाहरुले नागरिकता पाउनुपर्ने अधिकारकर्मीहरुको तर्क छ । सम्बन्धित निकायले नागरिकतबाारे जानकारी गराउने र नागरीकता दिलाउन पहल गर्न आवश्यक छ । 

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/SR_aayush_niraula.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/SR_aayush_niraula.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार