एसएलसी सुरु भएको ८१ वर्ष, परीक्षा तालिका फेरिएन

पहिलो दिन अंग्रेजी विषय कति सही ?

प्रकाशित मिति: 2015-12-29
उमा पौडेल
photo : googel
photo : googel

काठमाडौं १४ पुस । 
नेपालमा १९९० सालदेखि एसएलसि परीक्षा लिन सुरु गरिदा पास जाँच अड्डाले जाँच सञ्चालन गथ्र्यो । २०१८ मा पास जाँच अड्डालाई नै परीक्षा नियन्त्रण कार्यालय बनाईयो र बर्षेनी एलएलसि परीक्षा हुन्छ । ८० वर्षदेखि सुरु भएको एसएलसी परीक्षामा पहिलो दिन अङ्ग्रेजी विषय राख्नेक्रम निरन्तर रहँदा यस्को प्रभाव के हुन्छ । 

एसएलसी परीक्षा सुरु भएको ८० वर्ष वित्दा परीक्षार्थीले जाँच दिने विषय फेरिए, समय फेरियो तर पहिलो दिन अंग्रेजी बिषयको परीक्षा राख्ने तालीका अझै जस्ताकोतस्तै छ । शिक्षाबिद् बिद्यानाथ कोईराला अब तालिका फर्ने कुरा बहसमा ल्याउनुपर्ने बताउनुहुन्छ ।

सुरुदेखि देखि अहिलेसम्म एसएलसी परीक्षाको तालिकामा परिवर्तन नहुँदा यसले कतै, कसैलाई प्रभाव पार्छ कि पार्दैन, कतै छलफल पनि भएको छैन । २०५८ सालको एसएलसी परीक्षामा अङ्ग्रेजी विषयको जाँच पहिलो दिन दिदा अरु दिनका विषय विग्रीएको अनुभव सुनाउनु हुन्छ । 

सरकारी बिद्यालयमा पढ्ने अधिकांश परीक्षार्थीको अंग्रेजी बिषयमा ज्ञान र लेखन क्षमता त्यसै पनि कम्जोर हुन्छ भन्ने विश्लेषण गरिन्छ । ०६४ सालमा एसएलसि दिनुभएका सिन्धुलीमाढीका लक्ष्मि बिकलाई पहिलो दिन अंग्रजीको परीक्षा हुँदा बाँकी बिषयको परीक्षा पनि बिग्रिएजस्तो लागेको थियो ।  

सरकारी बिद्यालयमा अध्ययन गरेकालाई गाह्रो लाग्ने भएकाले एसएलसीको कार्यतालिका परिवर्तन गर्नुपर्ने धारणा शिक्षाविदहरु राख्छन् ।  

एसएलसी परीक्षालाई ग्रेडिङका आधारमा सञ्चालन गर्न थालेको परीक्षा नियन्त्रण कार्यालय तत्कालै परीक्षा कार्यतालि फेर्ने पक्षमा छैन । परीक्षा नियन्त्रण खगेन्द्र नेपाल पहिलो दिन विद्यार्थीलाई असजिलो विषय राख्दा तयारी पुग्ने भएकाले अग्रेजी नै राख्ने गरेको बताउनुहुन्छ । तत्काल पर्ने योजना नभएको पनि उहाँले बताउनुभयो ।

पहिलो दिन अंग्रेजी बिषय भएकै कारण आफूमाथि अध्ययनको बोझ थुपार्ने वा थुपारिएको महुस गर्ने प्राय विद्यार्थीको स्वभाव हुन्छ । पहिलो दिनको परीक्षा राम्रो नभएका कारण अरु विषयमा जाँगर नलाउने परीपाटी हटाउन पनि परीक्षा तालिका परिवर्तनको बहस सरकार र सरोकारवाला निकायमा हुन जरुरी छ । 

तपाईंको बिचार