दोलखामा बिहानै भूकम्पको धक्का महसुस

प्रकाशित मिति: 2015-12-28


काठमाडौ, १३ पुस । 
भूकम्प गएको ९ महिना पुग्दा पनि पराकम्प रोकिएको छैन ।  दोलखा केन्द्रविन्दु भएर आज बिहानै पराकम्प गएको छ । बिहान तीन बजेर ५२ मिनेट जाँदा दोलखा केन्द्रविन्दु भएर ४ दमलव २ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ म्याग्नेच्यूडको भूकम्प गएपछि अहिलेसम्म चार म्यानिग्च्यूडभन्दा माथिका चार सय २० वटा पराकम्प गएको केन्द्रले जनाएको छ ।  

यसअघि गएको बुधबार पनि दोलखा नै केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको थियो । 

 

तपाईंको बिचार