बाख्राले फेरिदियो जीवन

‘आफैलाई देखेर म आश्चर्यमा परेकी छु’

प्रकाशित मिति: 2015-12-28
दशरथ घिमिरे, रेडियो नयाँयुग दाङ

दाङ १३ पुस  ।  घर परिवारको खर्च चलाउन रक्सि पार्ने काम गर्दै आउनु भएकी चन्द्रा रोका मगरको जीवन तिन वर्षमै फेरियो । रक्सि पार्ने भाडाँ कुडा विस्थापीत गर्दै वाख्रा पाल्न थाल्नु भएकी चन्द्र यो विचमा लखपती समेत वन्नुभएको छ ।

चन्द्रा रोका मगरलाई तिन वर्ष अघिका दिनहरु झलझलती सम्झना छ । दुःख विरामी हुदा औषधी गर्ने पैसा थिएन् । मिठो मसीनोको कुरै छोडौं । घर खर्च चलाउन पनि मुस्किल थियो । दुई चार रुपैयाँ ऋण सापटी गर्दा गाउँका कसैले विश्वास गर्दैनथे ।

बाख्रा वेचेरै ५ लाख ५ हजार ६५ रुपैयाँ कमाउन सफल हुनुभयो । पैसा कमाउन जागिर खानै पर्छ भन्ने लाग्न छाडेको छ चन्द्रालाई ।‘ आएको आम्दानी देख्दा पैसा कमाउन जागिर खानै पर्छ भन्ने लाग्दैन’उहाँले भन्नुभयो–‘आफैलाई देखेर म आश्चर्यमा परेकी छु ।’ 

‘छोरा छोरी विरामी पर्दा उपचार गर्ने पैसा थिएन, गाउँमा माग्न जाँदा यसले तिर्न सक्दैनी भनेर दिएनन्’सतवरीया–१ वनगैं निवासी मगरले भन्नुभयो–‘विगत सम्झदा मन कुँडीएर आउछ, कम्ता दुःख भोगीएन ।’ यीनै चन्द्राको जिवन तिन वर्षको विचमा फेरिएको छ । दुःख समस्या पर्दा गाउँलेको सहारा चन्द्रा वन्नु भएको छ । 

बाख्रा वेचेरै ५ लाख ५ हजार ६५ रुपैयाँ कमाउन सफल हुनुभयो । पैसा कमाउन जागिर खानै पर्छ भन्ने लाग्न छाडेको छ चन्द्रालाई ।‘आफै गरेर हेरौं भनेर वाख्रा पाल्न थालेकी हुँ, अहीले वाख्रा वेचेरै आएको आम्दानी देख्दा पैसा कमाउन जागिर खानै पर्छ भन्ने लाग्दैन’उहाँले भन्नुभयो–‘आफैलाई देखेर म आश्चर्यमा परेकी छु ।’ चन्द्राले कक्षा ४ सम्म मात्रै पढ्नु भएको छ ।

उहाँको वाख्रा सहीत घाँसको नर्सरी खेती पनि छ । तरकारी खेती र लोकल कुखुरा घरमै पाल्नु भएको छ । आम्दानीवाट घडेरी, सुन र परिवारको खर्च धानीएको छ । दुई वटा घडेरी बजारमा जोड्न सकियो, साढे ४ तोला सुन किन्न सकियो ।

छोरा छोरी सरकारी स्कुल छाडेर वोर्डिङ्ग स्कुल जान थाले ।‘मोटरसाईकल पनि किनियो, घरमा डिस होम पनि जोडीयो’उहाँले भन्नुभयो–‘रुपैयाँ पैसा आवश्यक पर्दा समुहवाट ऋण निकाल्न पनि सजिलो छ ।’

यो सवैको पछाडी उहाँले थालेको ब्यावसायीक वाख्रा पालन हो । ६ वटा वाख्रा वाट उहाँको उद्यम सुरु भयो । उद्यममा नआउदा पनि उहाँको घरमा १÷२ वटा वाख्रा थिए । तर, बाख्रा पाल्ने काम तर्फ ध्यान गएको थिए । ‘यो भन्दा पहीले घरमा बाख्रा थियो तर, कुनै ख्यालनै थिएन, स्याहार सुसार केही हुदैनथ्यो, पाल्नका लागी पालेका मात्रै थियौं, कुनै वास्ता थिएन’उहाँले भन्नुभयो–‘वाख्रालाई स्याहार गरेपछी त्यसले पनि हाम्रो स्याहार गर्दाेरहेछ भन्ने अहीले वुझेको छु ।’

अहीले खोरमा २२ वटा वाख्रा छन् । यो विचमा ३८ वटा खसी, वोका र पाठी विक्रि गरीसक्नु भएको छ । चन्द्राको श्रीमान विदेश गएको एक वर्ष भयो । श्रीमान ओम बहादुर रोका मलेसीयामा हुनुहुन्छ । श्रीमान विदेशवाट फर्कीएपछि संगै वाख्रा पालेर स्वदेशमै वस्ने सल्लाह भएको उहाँले सुनाउनु भयो ।

‘यहाँ मैले गरेको प्रगती उहाँलाई वताएको छु, उहाँ र मेरो विचमा अव विदेश वाट फर्कीएपछी वाख्रा पाल्ने सल्लाह भएको छ’उहाँले भन्नुभयो–‘एक्लै वाख्रा सम्हाल्न पनि गाह्रो हुन्छ, तपाई आएपछी झनै सजिलो हुन्छ भनेकी छु, उहाँले पनि हुन्छ भन्नुभएको छ ।’ चन्द्रका एक छोरा र एक छोरी छन् । छोरी दिपा कक्षा १० मा र छोरा गौरव कक्षा ९ वोर्डिङ्ग स्कुलमा पढ्छन् ।

तपाईंको बिचार