आजदेखि लोडसेडिङ बढ्यो (तालिकासहित)

अब खाना पकाउने बेलामा वत्ति नआउने

प्रकाशित मिति: 2015-12-25


काठमाडौं १० पुस । नेपाल विद्युत प्राधिकरणले आजदेखि फेरि लोडसेडिङको समय बढाएको छ । आजदेखि दैनिक एक–एक घण्टा बढाएको छ ।

सातामा ७० घण्टा हुँदै आएको लोडसेडिङ शुक्रबारदेखि ७७ घण्टा हुने भएको छ । सुख्खायाममा नदीको जलस्तर घटेकाले लोडसेडिङ बढेको प्राधिकरणले जनाएको छ ।
 अब खाना पकाउनेबेलामा सातामा एक दिनमात्रै बत्ती आउनेछ ।

यसअघि सीआइएनसँगको कुराकानीमा उपप्रधान एवं ऊर्जामन्त्री टोपबहादुर रायमाझीले खाना पकाउनेबेला बिजुली नकाट्ने दाबी गर्नु भएको थियो । 

तपाईंको बिचार