२ महिनाभित्र सबै गाविसमा सचिव राख्न सरकारलाई निर्देशन

प्रकाशित मिति: 2015-12-19

काठमाडौं । व्यवस्थापिकास संसद अन्तरगतको  विकास समितिले २ महिनाभित्र सबै गाविसमा सचिव राख्न सरकारलाई निर्देशन दिएको छ । शनिबार बसेको बिकस समितिको बैठकले गाविस सचिवहरु गाँउमा नबस्दा स्थानीय क्षेत्रको विकास र भूकम्प पछिको पुननिर्माण प्रभावित भएको भन्दै तत्काल गाविस सचिवहरुलई कार्यस्थलमा  खटाउन निर्देशन दिएको हो ।

भूकम्प प्रभावित जिल्ला र गाऊ पालिकालाई प्राथमिकता दिई १ महिनाभित्र सचिव लगायतका आवश्यक कर्मचारी व्यवस्थापन गर्न निर्देशन दिएको सभापति रबिन्द्र अधिकारीले जानकारी दिनुभयो ।

समितिले स्थानीय विकास राज्यमन्त्री कुन्तिकुमारी शाही, लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली, आयोगका सचिव विष्णुप्रसाद लम्साल, सामान्य प्रसासन मन्त्रालयका सचिव टंकमणिशर्मा,स्थानीय विकास मन्त्रालयका सचिव माधव रेग्मीलगायतसँग छलफल गरी यस्तो निर्देशन दिएको हो ।
 

तपाईंको बिचार