न त नाकाबन्दीको चिन्ता, न ग्यास नपाएको पिरलो(अडियोसहित)

प्रकाशित मिति: 2015-12-15
पूर्णप्रसाद न्यौपाने
तस्बिर : गुगलबाट
तस्बिर : गुगलबाट

ओखलढुगां २९ मंसिर । ओखलढुगां बरुणेश्वरका  लिलाबल्लभ दाहाललाई नाकाबन्दीले खाना पकाउन कुनै असर गरेको छैन । भारतीय नाकाबन्दी र तराई आन्दोलनका कारण देशभर ग्यास हाहाकार भएपनि बरुणेश्वरका स्थानीयलाई समस्याले छोएकै छैन । 

देशभर खाना पकाउने ग्याँस अभाव भइरहेका बेला ओखलढुंगाको बरुणेश्र रामपुरका गोवरग्याँस प्रयोगकर्ताहरु भने ढुक्क छन् । उनीहरु अरुलाई पनि समस्यामा परेर नबस्न भन्दै गोवरग्याँस प्रयोग गर्न सुझाव दिने गरेका छन् । 

गोबर ग्यासको प्रयोगबाट छिटो छरितो र धुवाँरहित चुल्होमा काम गर्न पाउँदा महिलाहरु पनि खुशी पनि छन् ।

पहिले गाईवस्तुलाई कुँडो पकाउन मात्र प्रयोग गर्ने गोबर ग्याँस हिजोआज खाना पकाउनदेखि चुल्होमा हुने सबै काममा प्रयोग हुन थालेको छ । स्थानीय स्तरमा रहेको स्रोत र साधन परिचालन गरी ढुक्कसंग दैनिकी चलाउन सबैलाइ आग्रह गर्नुहुन्छ स्थानीय शारदादेवी अधिकारी ।  

करिब ३ वर्ष अघि गोबर ग्यासको प्लान्ट निर्माण गरेका बरुणेश्वर रामपुर गाउँका १३ घरपरिवारले गोबरग्यासको प्रयोग गर्न थालेका हुन् । गोबरग्यासमा प्रयोग गरिएको गोबर खेतबारीमा प्रयोग गर्न पनि मिल्ने भएकाले प्रयोगकर्ताहरु हिजोआज अरुलाई पनि यस्तै सुझाव दिन्छन् ।

बरुणेश्वरका स्थानीयले जस्तै अरुले पनि स्थानीय स्रोतसाधनको प्रयोग गर्न सके आत्मनिर्भर बन्न सकिन्छ । 

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/Report-_Purnaprasad_Neupane.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/Report-_Purnaprasad_Neupane.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार