विश्व बजारमा प्रभाव जमाउँदै नेपाली बस्तु

नेपालमा आउने मात्र होइन जान्छ पनि

प्रकाशित मिति: 2015-12-13
उमा पौडेल
अष्ट्रेलियामा नेपाली हस्तकलाका सामान
अष्ट्रेलियामा नेपाली हस्तकलाका सामान

काठमाडौं २७ मंसिर । भारतले अघोषित नाकाबन्दी लगथाएपछि भारतबाट भारसँग नेपालमो परनिर्भता प्रष्ट भएको छ । नेपालमा ७० प्रतिशत भन्दा बढी सामान भारतबाट आयात हुन्छ । तर, नेपालबाट एक सय भन्दा बढी किसिमका सामानहरु अन्तराष्ट्रिय बजारमा जाने नेपाल सरकारको तथ्यांकले देखाएको छ ।

कृषि, पशु, पश्मिना, लत्ताकपडा,  जडिबुटी, दुधजन्य पदार्थहरु नेपाल बाहिरका १३९ वटा देशमा निर्यात हुँने गर्दछन् । धादिंग कटुन्जेका कल्याण सापकोटाको जस्तै भारतिय नाकाबन्दिका कारण खाद्य, ईन्धन लगायतका सामाग्रीको अभाब भएपछि नेपाल सबै कुरामा परनिर्भर छ भन्नेमा धेरैको बुझाई छ । तर नेपालको पुर्वी जिल्लामा उत्पादन हुने अलैचि, अदुवाको माग विश्व बजारमा छ ।

ईलाममा उत्पादन हुँने चिया जर्मन, अस्टे«लिया, जापान, फ्रान्स, ईटालि लगायतका १ दर्जनभन्दा बढी देशमा सबैभन्दा बढी बिक्छ । ब्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक सुयस खनाल विदेशमा नेपाली सामानको निर्यातको सम्भावना बढ्दै गएको बताउनुहुन्छ ।

नेपालको मह, नेपाली कागज, जडिबुटी र औषधिजन्य तेल लगायतका सामाग्रीमा विश्वका १३९ वटा देशहरुमा  बिक्रि हुन्छ । नेपालमा उत्पादित सामाग्रीको अन्तराष्ट्रिय बजारमा निकै राम्रो सम्भाबना पनि छ । बस्तुगत संघ तथा सहकारी मार्फत पहल गरे  गाँउका समान्य कृषकको पनि अन्तराष्टिय बजारमा पहुँच हुँन सक्छ भन्नुहुन्छ भन्सार बिभागका सुचना अधिकारी सुर्य सेढाई ।

कृषकहरुले बिदेशि बजारको सम्भाबनालाई लक्षित गरी खेति गर्ने हो भने नेपालको अर्थतन्त्र फस्टाउँदै जाने अर्थबिद् बिश्वम्भर प्याकुरेल बताउनुहुँन्छ ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको अनुसार कुल वैदेशिक व्यापार अघिल्लो वर्षको तुलनामा ७.० प्रतिशतले वृद्धि भएको छ । नेपालमा उत्पादन हुँने सामाग्री बिदेशमा बढी मुल्य र निकै लोकप्रिय रहेको ब्यापार तथा निकासी प्रबर्दन केन्द्रको बिश्लेषण छ । त्यसैले आफ्नो सम्भावना र सामर्थलाई हेरेर निर्यातमुखी उत्पादन बढाउनु पर्दछ । 

तपाईंको बिचार