उमेरले नछेकेको पढाई प्रेम(अडियोसहित)

प्रकाशित मिति: 2015-12-07
लक्ष्मी बस्नेत

काठमाडौं २१ मंसिर ।  गालामा चाउरी बाक्लै परिसकेको छ । आँखाले साना अक्षर ठम्याउन गाह्रै मान्छ । तर उमेर, शारीरिक अवस्थालाई वेवास्ता गर्दै एक हुल महिलाहरु पढाईमा तल्लिन देखिन्छन् । 
भत्तपुरको बालकोटका ज्योति विष्ट, एसएलसी तयारी गरिरहेका लाखौं विद्यार्थी मध्येक एक हुनुहुन्छ ।

उमेरले ६१ वर्ष टेक्नै लागेको बताउने विष्टको अध्ययनप्रतिको रुची र चाहना भने जाँगरलाग्दो छ ।
४ वर्ष अघि २ कक्षामा भर्ना हुनुभएका ५२ बर्षका दिलकुमारी पुन अहिले ७ कक्षामा पढ्दै हुनुहुन्छ । अंग्रेजी र हिसाब केही गाह्रो लागे पनि एसएलसी पास गर्ने ठूलो धोको छ, पुनको पनि । 

जनगणना अनुसार नेपालीको औसत आयु ६७ बर्ष तोकिएको छ । ६० बर्ष पुग्दा नपुग्दै अरुको साहारा आबश्यक पर्छ । तर, पढाई प्रेमले उमेरका सबै सीमा पार गर्दै पढ्न खोज्ने महिलाहरु हिजोआज थुपै्र भेटिन्छन् छन् ।

काठमाण्डुको तिनकुनेमा रहेको उत्पे्ररणा महिला विद्यालयमा पढ्न नपाएका तर उमेर धेरै भएका महिलाहरुका लागि सिकाईको केन्द्र बनेको छ । कोही बालबच्चा विद्यालय पुर्याएर आउँछन् कोही घरधन्दा सबै सकाएर हतार हतार कापी च्याप्दै विद्यालय पुग्छन् ।

१४ वर्ष माथिका महिलालाई मात्र पढ्न पाउने गरी खोलिएको यो विद्यालयमा करिब ३ सय विद्यार्थी छन्, ८ ब्याजले त एसएलसी नै दिइसकेक । विद्यालयको रेकर्डअनुसार कम्तीमा ६० प्रतिशत एसएलसी उत्तिर्ण भएका छन् । जागिर खान त उमेरले नभ्याउला तर धेरै कुरा बुझ्न सकिने रहेछ, कक्षा ५ मा अध्ययनरत कमला रिसालको अनुभव छ । 

पढ्ने उमेरमा पढ्न नपाएकाहरुलाई लक्षित गर्दै पछिल्लो समय विद्यालयहरु ठाउँठाउँमा खुलिरहेका छन् । काठमाण्डु उपत्यकाकै ३ जिल्लामा झण्डै एक दर्जन यस्ता विद्यालयहरुमा हजारौं पाका महिलाहरु कखरा सिकिरहेका छन् । 

जनगणना अनुसार नेपालीको औसत आयु ६७ बर्ष तोकिएको छ । ६० बर्ष पुग्दा नपुग्दै अरुको साहारा आबश्यक पर्छ । तर, पढाई प्रेमले उमेरका सबै सीमा पार गर्दै पढ्न खोज्ने महिलाहरु हिजोआज थुपै्र भेटिन्छन् छन् । काठमाडौंको एउटा विद्यालयमा पनि यस्तै उमेरका महिलाहरु कक्षाकोठामा बसेर पढिरहेका छन् । 

ज्योति विष्ट ६१ वर्ष

सानो उमेरमा पढ्न नपाएकाहरुले अहिले पढ्ने मौका पाएका 

छन् । तर गाडी चढ्दा ‘हामी विद्यार्थी हौं छुट चाहियो’ भन्दा पनि गाडीवालाले नपत्याउँदा भने बेलाबेला झगडा नै पर्छ । पढ्नमा लगाव छ, तर उमेर र घरधन्दाले बिहान बेलुका पढ्ने समय मिलाउन अलि गाह्रो हुने अधिकांशको अनुभव छ ।

पढ्ने उमेरमा पढ्न नपाएकाहरुलाई लक्षित गर्दै पछिल्लो समय विद्यालयहरु ठाउँठाउँमा खुलिरहेका छन् । काठमाण्डु उपत्यकाकै ३ जिल्लामा झण्डै एक दर्जन यस्ता विद्यालयहरुमा हजारौं पाका महिलाहरु कखरा सिकिरहेका छन् । त्यस्ता विद्यालय सञ्चालनका लागि सरकारले सहयोग पनि गर्छ ।

शिक्षा मन्त्रालयमा प्रवक्ता डा हरी लम्सालले त्यस्ता विद्यालयले जिल्ला शिक्षा कार्यालयमा सम्पर्क राख्न सकिने जानकारी दिनुभयो । घरायसी कामबाट फुर्सद मिलाएर अध्ययन गर्ने धे

रै महिलाहरु मध्ये धेरैले अहिले एसएलसी पास पनि गरिसकेको छन् । उच्च शिक्षा अध्यन गरे वा नगरेपनि त्यसले महिलाको आत्मविश्वास भने बढाएको छ ।

अडियो सुन्नुहोस्

तपाईंको बिचार