‘नेपालमै छ पेट्रोलियम पदार्थको खानी’

उत्खनन्को सम्भावना कती ? (अडियो अन्तरवार्ता)

प्रकाशित मिति: 2015-12-03
दैलेखमा जमिनको ग्यासबाट बलिरहेका ‘अखण्ड दीप’
दैलेखमा जमिनको ग्यासबाट बलिरहेका ‘अखण्ड दीप’

काठमाडौं १७ मंसिर । नेपाल अहिले इन्धनको चरम संकट भोगिरहेको छ । यही बेला एउटा बहस सुरु भएको छ । नेपालमा पेट्रोलको खानी छ कि छैन होला ? अध्यन अनुसार  नेपालभित्रै  पेट्रोलियम पदार्थको खानी छ। तर, अनुसन्धान सकाएर उत्खनन् गर्न बाँकी छ ।

दैलेख लगायत देशका विभिन्न ठाउँमा बलिरहेका ‘अखण्ड दीप’ पेट्रोलियम पदार्थ नै भएको भन्दै त्यहाँबाट ग्यास निस्किएको अनुसन्धानकर्ताहरुको तर्क छ । खानी तथा भूगर्भ विभागका अनुसार  ‘नेपालमा पेट्रोलियम पदार्थको सम्भावना प्रचुर छ ।

नेपालको तराईको अधिकांश क्षेत्रबाट पेट्रेलियम पदार्थ उत्खनन् गर्न सकिने भनेर आजभन्दा झण्डै ३५ वर्ष अघि नै पत्ता लागेको हो । यसै विषयमा अध्ययन गर्न खानी विभागमा पेट्रोलियम अन्वेषण परियोजना पनि स्थापना गरिएको छ । तर, सरकारले परियोजनालाई सक्रिय गरेर पेट्रोल नेपालमै उत्खनन् गर्ने गरी त्यस्ता कुनै नतिजा दिने किसिमका कार्यक्रम अघि सारेको छैन ।

पश्चिमका चुरे र महाभारतका १० वटा क्षेत्रमा पेट्रोलियम पदार्थ भएको ३२ वर्षअघि प्रमाणित भएको थियो । नेपालको पूर्वदेखि पश्चिमसम्मको चुरे तथा महाभारत क्षेत्रमा पेट्रोलियम पदार्थको सम्भाव्यता भएका ठाउँहरुको पहिचान गरी १० वटा व्लकमा बाँडिएको छ ।

‘व्लकमा बाँडिएका ठाउँहरुमा पेट्रोलियम पदार्थ छ भन्ने पहिचान भएको छ । इन्धन संकटको दिर्घकालिन समाधानको लागि नेपालमै पेट्रोलियम पदार्थको सम्भावना नखोजिएको पनि होईन, तर ती फलदायी हुन सकेनन् नेपालमा पेट्रोलियम पदार्थको उत्खनन्को सम्भावना बारेमा साथी राजन रुचालले पेट्रोलियम पदार्थका इन्जीनियर जहिर अहमद अन्सारीसँग गरेको कुराकानी 

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/INT_Jahir_Ahamad_Ansari_About_Petrol.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/INT_Jahir_Ahamad_Ansari_About_Petrol.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार