नाकावन्दीको असर ‘तीनदिन भयो पेट भर्न पाएको छैन’

कर्मथलो छोड्दै जन्मथलो फर्किदै(अडियोसहित)

प्रकाशित मिति: 2015-12-03
उमा पौडेल
तस्बिर : गुगल फाइल
तस्बिर : गुगल फाइल

काठमाडौं १७ मंसिर । 
मंसिर मध्यको कठ्यांग्रिदो जाडोमा निदारबाट पसिना छुटाउदै पिठ्युभरी ईटा बोक्नुभएकी अप्सरा कार्की भारी बिसाउने बित्तिकै साथमा रहेको बोरा ओछ्याएर एउटा घरको पेटिमा बस्नुहुन्छ । पेटभरी खान नपाएको ३ दिन भयो ।

नाकावन्दीका कारण भएको ईन्धन अभाब, महंगिदो सामान भाउले नेपालीहरुको जनजिवन कष्टकर बन्दै गएको छ । दैनिक ज्याला मजदुरीबाट जिवन निर्वाह गर्नेहरुलाई अझ बढी समस्या छ भने बाहिरी जिल्लाबाट काठमाण्डौ बस्न आउनेहरु बिस्तारै गृहजिल्ला फर्किदै छन् ।  

भारी बोकेर जसोतसो खान र कोठाभाडा  तिर्न पुग्थ्यो । नाकावन्दीसँगै कम संचालन भएका सवारी र कम सामानको आयातसँगै काम नपाएर कोठा भाडा तिर्न पैसा नपुगेपछि आजभोली पाटन अस्पतालको बाहिरपटि पेटिमा सुत्नुहुन्छ । 

भारतका निजामुदिन अन्सारी ललितपुरको पाटनमा जुत्ता सिलाएर बस्नुहुन्छ । केही महिना अघिसम्म मासिक जुत्ता सिलाएरै कम्तिमा १५ हजार आम्दानी गर्ने उहाँलाई अहिले मासिक ४ हजार कमाउन हम्मेहम्मे पर्छ । खाने बस्ने खर्च जुटाउन नसकेपछि उहाँ भारतमै फर्कने योजनामा हुनुहुन्छ । 

अन्सारी जस्तै, काठमाण्डौ बाहिर रहेका अरु सर्वसाधारण पनि यहाँबाट बाहिरीने क्रम बढ्दो छ । धेरै जसो ज्यालामजदुरी गर्नेहरु गाँउ फर्किन थालेका छन् । 

नाकाबन्दिका कारण भएको ईन्धन अभाब, महंगिदो सामान भाउले नेपालीहरुको जनजिवन कष्टकर बन्दै गएको छ । दैनिक ज्याला मजदुरीबाट जिवन निर्वाह गर्नेहरुलाई अझ बढी समस्या छ भने बाहिरी जिल्लाबाट काठमाण्डौ बस्न आउनेहरु बिस्तारै गृहजिल्ला फर्किदै छन् ।  

ललितपुरको गाबाहालका एकजना ब्यापारी आकाश साहि आफ्नो टोलबाट मानिस बाहिरीने गरेको बताउनुहुन्छ । 

दिनभरी काम गर्यो । पेटभरी खान आम्दानीले पुग्दैन । हत्तपत्त काम पाईदैन । पाएपनि काम गरे बापत पाउने पारीश्रमिक उस्तै छ ।

निर्माण ब्यवसायमा संलग्न झापाका बम लामा कोठाभाडा र दैनिक खानेखर्च नपुगेपछि आफ्नै गाँउ फर्किने सोचमा हुनुहुन्छ । महंगो गाडिभाडा र टिकटका कारण झापा जान नसक्नुभएका बम काठमाण्डौँमा मर्नु न बाँच्नु जस्तै भएको दुखेसो गर्नुहुन्छ । 

दिनभरी काम गर्यो । पेटभरी खान आम्दानीले पुग्दैन । हत्तपत्त काम पाईदैन । पाएपनि काम गरे बापत पाउने पारीश्रमिक उस्तै छ । सामानको भाउ दिन प्रतिदिन महंगिदो छ । नाकाबन्दिले आर्थिक रुपमा उच्च, मद्य, निम्न सबै बर्गका नागरीकलाई समस्या त छदैछ । दैनिक ज्याला मजदुरी गर्नेहरुलाई झन् अप्ठ्यारो छ । 

अडियो सुन्नुहोस्

तपाईंको बिचार