आफ्नै बुवाले फकाएर हत्या गरे चार छोराछोरीको

प्रकाशित मिति: 2015-11-30
नन्दबहादुर रोकाया, रेडियो मुुगु

मुगु १४ मंसिर । आफ्ना बुवा आमामाथि छोरा छोरीको विश्वास र भरोसा कति होला ? त्यो भनिरहनु पर्दैन । थर त्यही बुवाको विश्वास गर्दा मुगुमा चार बालवालीकाले ज्यान गुमाउनु परेको छ । बनमा पाइने फल खान आऊ भनेर बोलाई मुगुको ह्याङ्लु ६ रिगा गाउँका नन्दबहादुर रोकायाले आफ्ना चार सन्तानको हत्या गरेका छन् । हत्या लगत्तै उनले मंसिर ९ गते छोराछोरी हराएको भन्दै प्रहरीमा आफै उजुरी दिएका थिए ।

लामो अनुसन्धानपछि प्रहरीले उनीमाथि नै शंका लागेर अनुसन्धान गर्दा हत्या उनी आफैले गरेको रहस्य खुलेको हो । सदरमुकामदेखि दुई दिन टाढा रहेको ह्याङ्लु गाविस वडा नं ६ रिगा गाउँका एकै घरका चारजना बालबालिका पाँच दिनदेखि हराइरहेको भन्दै प्रहरीले खोजी जारी राखेको थियो ।  

रोकायाका नौ वर्षीया सुन्तली, चार वर्षीया विपना, छ वर्षीय छोरा युवराज र दुई वर्षीय दिपलाई उनले एकै खाल्डोमा पुरेर हत्या गरेका हुन् ।  हराएका चारैजना बालबालिका घरबाट सय मिटर पर खाल्डोमा पुरीएको अवस्थामा आईतबार  भेटिएका जिल्ला प्रहरी कार्यलय मुगुले जनाएको छ । जिल्ला प्रहरी कार्यलयका प्रहरी नाएक निरीक्षक मोहन जिसी अनुसार हत्यारालाई कारवाही गर्ने तयारी भइरहेको बताउनुभयो । 

 

तपाईंको बिचार