उच्च पद-सामान्य जीवन शैली(अडियोसहित)

'मन्त्री भएपनि गुन्द्री र भुइँनै प्यारो'

प्रकाशित मिति: 2015-11-27
लक्ष्मी बस्नेत

काठमडौं । पदीय जिम्मेवारीका हिसावले उच्च तर जीवनशैलीका हिसावले सामान्य अहिलेसम्म प्रधानमन्त्री, मन्त्री भएका कमै व्यक्तिको नाम आउने गर्छ । तीनै मध्ये अहिलेको मन्त्रीपरिषदमा जिम्मेवारी विहीन मन्त्रीका रुपमा रहनु भएका शान्ता मानवी देखिनुभएको छ । फरक कथा र पृष्टिभूमिसहित मन्त्री बन्नु भएका मानवीको दिनचर्या फेरियो तर मन्त्री भएपनि जीवनशैली फेरिएको छैन । 

मन्त्रीपद थपियो अचानक दैनिकी पनि फेरियो तर उहाँको जीवनशैली फेरिएको छैन । मन्त्री भएको दुई हप्ता नाघिसकेपछि भेट्न जाँदा उहाँको सुत्ने कोठामा दुईवटा सामान्य खाट र ओढ्ने-ओछ्याउने खाली भुईमा सुकुल र पुरानो गलैंचा, एउटा कुर्सी, सानो टेबुलभरि किताब छरपस्ट थिए । 

मन्त्रीहरुले सपथ खाने तयारी हुँदा सम्मपनि मन्त्रीका रुपमा शान्ति मानवीको नाम सुनिएकै थिएन । अरुले त के उहाँ आफैले पनि सुन्नु भएको थिएन । संकटमा बेला तेल ग्यास पाइन्छकी भन्दै खोजीनिती भइरहेको थियो अचानक मन्त्रीको कुर्सी नै पाइयो । 

छोटो अर्थात ब्वाइज कट कपाल, होचो कदका व्यक्ति सानो र नरम बोली । २००३ साल बैशाखमा अर्घाखाँचीमा भट्टराई परिवारमा जन्मिनुभएका शान्ता मानवीको यो परिचयमा मन्त्री पद थपिएको छ । 
मन्त्रीपद थपियो अचानक दैनिकी पनि फेरियो तर उहाँको जीवनशैली फेरिएको छैन । मन्त्री भएको दुई हप्ता नाघिसकेपछि भेट्न जाँदा उहाँको सुत्ने कोठामा दुईवटा सामान्य खाट र ओढ्ने-ओछ्याउने खाली भुईमा सुकुल र पुरानो गलैंचा, एउटा कुर्सी, सानो टेबुलभरि किताब छरपस्ट थिए । देश विदेशका घटनाको जानकारी लिन साथमा रेडियो पनि सँगै थियो । 

४ दशकभन्दा बढी नै भयो मानवी राजनीतिमा होमिएको । भूमिगत राजनीतिदेखि मन्त्री हुँदासम्मको अनुभव । के होला ? यस्तै जिज्ञासाले राख्दा मानवीले एकै सासमा बताउनुभयो ‘ जीवन संघर्ष रहेछ उतार चढाब भइनै रहन्छ तर म हिजो जे थिए आज मन्त्री हुँदा पनि त्यही रहनेछु । ’ उहाँले मान्छे कोही सानो ठूलो नहुने् तर जिम्मेवारी र मर्यादा ठूलो हुने बताउनुभयो ।

‘मन्त्री भए पनि मलाई त गुन्द्री र भुइँ नै प्यारो लाग्छ’– मन्त्री मानवीले भन्नुभयो, “म अहिले पनि रुपन्देहीका तिनै चमार बस्ती, किसान र आमालाई सम्झन्छु, जसका कानमा अँधेरी रातमा गएर मैले चेतना फुकेको थिएँ, तिनीहरु आज पनि जहाँको त्यहीँ छन् भन्ने भुलेको छैन, रफाब देखाउने काम मबाट हुँदैन ।” उहाँले आफूले पवित्र हृदयले मुलुक र जनताका पक्षमा काम गर्ने बताउनुभयो ।

थाहा नपाउँदै ८ वर्षमा  विवाह, ११ वर्षमै आमाको मृत्यु अनि १३ वर्षको हुँदा फेरि श्रीमान्को मृत्यु । सानैदेखि दुःखले लखेट्न सुरु गरेपनि त्यस्तै घटनाले बाच्न सिकाएको मानवीको अनुभव छ । 

मन्त्रीहरुलाई बस्न बनाइएको पुल्चोकमा ठाउँ छैन भनेपछि मानवी साघुरो गल्लीमो दुईदलको घरमा नै बस्नु भएको छ । मन्त्रीको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी, गाडी कहाँ राख्ने सुरुमा चिन्ता नलगोको होएन । तर अहिले केही आफन्त र भेटघाट गर्न आउनेलाई समेत बस्न मुस्किल पर्ने त्यही घरमा ठाउँ बनाउने प्रयास चलिरहेको छ । 

थाहा नपाउँदै ८ वर्षमा  विवाह, ११ वर्षमै आमाको मृत्यु अनि १३ वर्षको हुँदा फेरि श्रीमान्को मृत्यु । सानैदेखि दुःखले लखेट्न सुरु गरेपनि त्यस्तै घटनाले बाच्न सिकाएको मानवीको अनुभव छ । 
विद्यालय गएर कहिल्यै औपचारिक शिक्षा नलिएपनि उहाँले वनारसबाट परीक्षा दिएर प्रमाणपत्र तहसम्मको अध्ययन गर्नुभएको छ ।

भूमिगत बेलामा महिलालाई संगठित गर्दै एमालेको महिला संगठन अनेमसंघको स्थापना गर्नुभएका मानवीयले भट्टराईबाट मानवी हुँदै लेखक तथा साहित्यिकारको परिचय पनि बनाउनु भएको छ । तर, भोलि मन्त्रीपदमा बसेर निस्किदा उहाँको परिचय कस्तो बन्ला ? परीक्षा पनि सुरु भएको छ । 

तपाईंको बिचार