साइकल, समृद्धि र स्वास्थ्य

प्रकाशित मिति: 2015-11-19
उमा पौडेल

काठमाडौं । 
धरानका कृष्ण केसी पर्यटकलाई धरानका बिभिन्न पर्यटकिय स्थल घुमाउन साईकलको प्रयोग गर्नुहुन्छ । उहाँ एक्लैले थाल्नुभएको यो व्यवसायमा अहिले धरानका करिब १५ जना युवा संलग्न छन् । ३ बर्ष अघि सुरु भएको साईकलबाट पर्यटक घुमाउने ब्यवसाय अहिले आकर्षकको केन्द्र बनेको छ । व्यवसायमा लागेकाहरुले अहिलेसम्म आन्तरिक र बाह्य गरि करिब ३ हजार पर्यटक साईकलमा धरान घुमिसकेका छन् भने  झण्डै २ लाख आम्दानी छ । 

बारा निजगढका डाक्टर समिर चौधरी अहिले साईकलमा मुगुको राराताल पुग्नुभएको छ । आफुसँग गाडि, मोटरसाईकल किन्ने हैसियत भएपनि स्वास्थ्यका लागि सधै साईकल प्रयोग गर्ने चौधरी बताउनँुहुन्छ । गाडि, मोटरसाईकलमा लाग्ने सबै खर्च जोगिनुका साथै अहिलेसम्म आफु पुर्ण रुपमा स्वस्थ्य रहेको भन्दै चौधरी खुसि ब्यक्त गर्नुहुन्छ । 

भारतको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाब भएपछि नेपालका एक दुई जना मन्त्री र उच्च ओहोदामा रहेका सरकारी कर्मचारीहरुले पनि साईकलको प्रयोग गर्न थालेका छन् । बिज्ञान तथा प्रबिधि मन्त्रालयले आफ्नो मन्त्रालयले किन्न पाउने एउटा गाडि र दुईटा मोटरसाईकल बापतको पैसाले ७९ ओटा साईकल किन्ने योजना सहितको प्रस्ताब मन्त्रीपरिषद्मा पुर्याएको छ ।

केहिदिनदेखि साईकल प्रयोग थाल्नुभएका बिज्ञान तथा प्रबिधि मन्त्रालयका सचिब कृष्णचन्द्र पौडेल अब सरकारी कर्मचारीले साइकल प्रयोग गर्नेगरि योजना ल्याउन खोजेको बताउनुहुन्छ । मन्त्रालयले साइकल किन्ने योजना सहितको प्रस्ताव मन्त्रिपरिषदमा पेश गरेको छ ।  

साईकलमा सानो सानो ब्यवसायबाट मनग्य आम्दानी गर्नेहरुको पनि कमि छैन । धादिङ्का बासु खड्काले १५ बर्षअघि साईकलमा थाल्नुभएको तरकारी बेच्ने ब्यवसायबाट अहिले दुईजना छोराछोरीलाई बिदेश पढ्न पठाउनुभएको छ भने काठमाण्डौमा घर बनाईसक्नु भयो । 

साईकलमा तरकारी, फलफुल, पानी, पत्रिका, दुध, बदाम, चटपटे लगायतका सामाग्री किनबेच गर्नेहरु बाक्लै देखिन्छन । यस्तो ब्यवसायमा पछिल्लो समय महिलाहरुको संलग्नतापनि बढ्दो छ । श्रीमान्ले दोस्रो बिवाह गरेपछि साईकलमा तरकारी बेच्न थाल्नुभएकी काभ्रेकी सुष्मा आचार्यले यहि ब्यवसायबाट १३ बर्षको अन्तरालमा १७ लाख आम्दानी गरिसक्नुभयो । उहासँग अरु सफलता पनि छन् । 

नेदरल्याण्डका प्रधानमन्त्रि दिनहुँ साईकलको प्रयोगबाट कार्यालय आवातजावत गर्ने त्यहाँका पत्रपत्रिकाले जनाएका छन् । डेन्मार्क, स्पेन, जर्मनि, बेलायत स्विडेन जस्ता देस साईकलको प्रयोग बढाउन लागि परेका छन् । नेपालले आफ्नो आयातको २० प्रतिशत अथवा सबैभन्दा बढी खर्च पेट्रोलियम पदार्थको आयातमा गर्छ ।  भारतिय नाकाबन्दिका कारण पेट्रोलीयम पदार्थको अभाब भएपछि साईकल चढनेहरुको संख्या गाँउ सहर जताजतै बाक्लिन थालेको छ ।

नेपालमा बर्षो अघिदेखि साईकलमा ब्यापार ब्यवसाय गर्नेहरुको पनि कमि छैन । हेर्दा सानो जस्तो लाग्ने साईकल र यसबाट गरिने ब्यवसायका कारण पछिल्लो समय केहि नागरीकहरुलाई समृद्धितर्फ पुर्याईरहेको छ ।  

तपाईंको बिचार