थपियो अर्को लाइन, शहरमा ‘दाउरे युग’

प्रकाशित मिति: 2015-11-16
उमा पौडेल


काठमाडौं । खानाका खानाका लागि नै ओखलढुंगाका राम गिरिले यसअघि तीनवटा ठूला लाइन बेहोरि सकेका छन् । ग्यासल लिन घण्टौ लाइनमा बसे, तेल लिन पनि दुई दिन बाटोमा नै बसे तर खानाको जाहो गर्न सकेनन । फेरि अर्को लाइनमा बसेका छन् दाउरा लिने । ‘मेरो दिनचर्या नै लाइन बस्नु बनेको छ ’ उहाँले भन्नुभयो, ‘ घरवेटीले आगो बाल्न दिन्न अब त खाना पकाउने ठाउँ खोज्न पनि लाइन नै बस्नु पर्ला जस्तो छ । ’

गिरीले दाउरा चिरेर भ्याई सक्दा नसक्दै दाउरा लिएर घर जान आत्तिनुभएकी ग्वार्कोकि साजी महर्जनलाई लाईन बसेर दाउरा पाएपछि खुसि लागेको थियो । तर दाउरा लिनका लागि पुरै दिन नै माया मार्नुपरेपछि केहिले भने ब्यंग्य गर्दै थिए ।  सरकारले दाउरा नभई काठ बिक्री गरेको भन्दै केहीले असन्तुष्टि पोखेका छन् ।

भारतको अघोषित नाकाबन्दी, मधेस आन्दोलनका कारण शहरमा गाउले जीवनशैली सुरु भएको छ । सरकारले दाउरा बिक्रि सुरु गरेको छ । टिम्बर कर्पोरेसन अफ नेपालले ललितपुरको बालकुमारी र गौशाला डिपोबाट दाउरा बिक्रि सुरु गरेको हो । सरकारले आइतबार बिहान ८ बजेदेखि दाउरा बिक्रि सुरु गर्ने बताएपछि बिहान ७ बज्दा नबज्दै सर्बसाधारणको घुँईचो देखिन्थ्यो । 

ललितपुरको बालकुमारीस्थित टिम्बर कर्पोरेसन अफ नेपालको गोदाममा सरकारले आइतबारबाट बिक्रि सुरु गरेको दाउरा किन्नेहरुको भिडभाड छ । 


सरकारले आइतबार बालकुमारी र गौशला डिपोबाट करिब ४० हजार किलो दाउरा बिक्री गरेको टिम्बर कर्पोरेशन अफ नेपालले जनाएको छ । दाउरा किन्नका लागि उपभोक्ताले नागरीकताको फोटोकपि अनिवार्य बुझाउनुपर्छ । त्यसपछि कुपन लिएर लाईन बसेपछि मात्रै दाउरा पाईन्छ ।  टिम्बर कर्पोरेसन अफ नेपालका महाप्रबन्धक बिरेन्द्र यादब । 

एक परिवारले प्रतिकेजी १५ रुपैयाँको दरले बढीमा १ क्विन्टल दाउरा मात्रै किन्न पाउनेछन् । हालसम्म १० ट्रक दाउरा काठमाण्डौ भित्र्याईएको छ । पहिलो चरणमा करिब सवा २ सय ट्रक दाउरा बितरण गर्ने सरकारले बताएको छ । तर काठमाण्डौं उपत्यकाको शहरी क्षेत्रमा दाउरा पाए पनि घरभेटिले बाल्न नदिने समस्याले भाडामा बस्नेहरुलाई थप चिन्ता थपेको छ । 

तपाईंको बिचार