इन्धनको अभाव टार्न ब्रिकेटको सहायता

प्रकाशित मिति: 2015-11-04
राजन रुचाल

काठमाडौं । भारतको अघोषित नाकाबन्दीले इन्धन संकट चुलिएको बेला बैकल्पिक इन्धनका स्रोतहरुको खोजि हुन थालेको छ । बिद्युतको प्रयोग गरेर  खाना पकाउन सकिने भएपनि हिउँदको समयमा लोडसेडिङ बढ्ने भएकाले बैकल्पिक इन्धनको रुपमा बायो ब्रिकेट प्रति उपभोक्ताहरुको चासो बढ्दो छ । 

काठमान्डौं, भक्तपुर, ललितपूर, मकवानपुर, नुवाकोट र सिन्धुपाल्चोकमा बायो बिक्रेट उत्पादन हुन्छ । पातलो र मोटो दुईवटा आकारमा पाईने ब्रिकेटको काठमान्डौंमा थेगिनसक्नु छ । 

एउटा ब्रिकेटले सामान्यतया चार जनाको परिवारलाई खाना बनाउन पुग्छ । यसको लागी छुट्टै चुलो चाहिन्छ । 

बायो ब्रिकेट सामान्यतया जाडो महिनामा कोठा न्यानो पार्नका लागी प्रयोग गरिन्छ । तर अहिलको अवस्थामा दाउरा नभएका ठाउँहरुमा खाना पकाउनका ब्रिकेट सबैभन्दा उत्तम साधन बनेको छ ।

काठमान्डौंका विभिन्न सुपर मार्केट देखी मिनी मार्ट सम्म यसको व्यापक माग छ । दैनिक दशौं हजार गोटा ब्रिकेटको माग भएपनि बिक्रेता कम्पनी हिमालयन नेचुरलले माग अनुसारको  आपूर्ति गर्न सकेको छैन । 

गाउँघर डाँडापाखा पखेरामा बटुलिएका बनमारा, पोथ्राबाट बटुलिएका झिंजामिजा, छेस्का, दाउराको कोइला प्रमुख हो। तिनै कोइला अँगारलाई मेसिनमा पिंधेर तयार गरिन्छ। अँगारको धुलो तीन भाग र एक भाग माटो मुछेर साँचोमा मा राखेर आकार दिइन्छ। च्याप्पै टाँएको गोलाकार ब्रिटेकलाई घाममा सुकाइन्छ।

 

तपाईंको बिचार