'सेतो' पाइन्न 'कालो'मा किने फलाफाल

प्रकाशित मिति: 2015-10-31
सोबिता रिसाल

काठमाडौं । २ महिना यता देखि मधेसमा चलेको आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण दैनिक उपभोग्य सामानहरुको आपुर्ति असहज भएको छ । यहि असहजताको मौका छोपेर कालोबजारी गर्नेहरुको बिगबिगि पनि चुलिएको छ । 

नाकाबन्दी र मधेस आन्दोलनलाई देखाउदै व्यापारीहरुले उपभोग्य सामानहरुको भाउ पनि बढाएका छन् । यातायातका साधनहरुले बढि भाडाहरु असुल गरिरहेका छन । भान्सामा दैनिक होईन छिन छिनमै प्रयोग हुने सामानको भाउ बढेपछि उपभोक्ता हैरान छन् । काठमाण्डौमा बस्दै आउनुभएका बिष्णु खड्काको चुलो नबलेको केही समय भइसकेको छ । 


अघोषित नाकाबन्दीपछि नुन, तेल, चामल दाल र ग्यास सम्मको मूल्यमा बृद्धि गरेर व्यापारिहरुले असुलगरिरहेको सरकारले नै स्वीकार गरेको छ । बाणिज्य तथा आपूर्ति बिभाग अन्तरगत अनुगमन शाखा प्रमुख हरिनारायण बेलबासे कालोबजारी भएको तर अनुगमनको प्रयास भइरहेको बताउनुहुन्छ । 


पेट्रोलिय पदार्थको अभाब, र फितलो सरकारी अनुगमनको मौका छोपेर म्याद नाघेको सामान बिक्रि बितरण पनि भईरहेको छ । एकातिर खुद्रा व्यापारीले दाल, चामल, गेडागुडी जस्ता सामग्रीको भाउ हचुवामा बढाएका छन् भने, सामान लुकाएर बेच्नेक्रम पनि बढेको छ । केही खाद्यान्न तथा उपभोग्य बस्तुको मुल्य बृद्धि भएको भएपनि बाणिज्य तथा आपूर्ति बिभाग अन्तरगत अनुगमन शाखा प्रमुख बेलबासे भाउ नबढेको खाद्यान्न खान सुझाउनुहुन्छ । 


चुलिएको भाउ र कालोबजारीका कारण शहरमा बस्नेहरु गाँउ फर्कने सम्मको बारेमा सोच्न बाध्य हुन थालेका छन् भने दशैमा घर गएका कति त फर्किएका छैनन । 


पेट्रोलिय पदार्थको अभाबकै कारणले पनि बजारमा देखिएको अनियमितता नियमित रुपमा अनुगमन गर्न नपाएको सरकारी भनाई छ । खाद्य तथा गूण नियन्त्रण बिभागले पनि बजार अनुगमन नियमित रुपमा गरिरहेको दाबी गरेको छ । बिभागको सुचना अधिकारी सीता अधिकारी कालो बजारी गर्नेलाई कारवाहीको दायरामा ल्याउने बताउनुहुन्छ । 


सरकारी संरचनाले आफ्नो जिम्मेवारी पुरा गरेर अनियमितता रोक्न सके धेरै समस्या समाधान हुन सक्छ । देश संकटमा परेको मौका छोपी बजारमा अनियमितता गर्नेहरुलाई निरुत्साहित गर्न तपाई हामी आफै पनि सचेत हुनुपर्दछ र गल्ती गर्ने बिरुद्ध उजुरी दिनु पर्दछ । 

तपाईंको बिचार