आउन छोडे हल्कारा दाई

प्रकाशित मिति: 2015-10-10
उमा पौडेल


काठमाडौं । सर्लाहीका आकांक्षा भट्टराई  चिठी पढे लेखेकै भरमा पैसा पनि कमाउनुहुन्थ्यो । चिठी लेख्दा, पढ्दा नै फुर्सद हुँदैन थियो । गाउँमा पढेलेखेको मान्छे कम, हुलाकबाट आउने चिठी उहाँका लागि आम्दानी गर्ने बाटो नै बनेको थियो । अहिले हुलाक त छन् तर भट्टराईको काम बन्द भएको छ । 

प्रविधिको विकाससँगै पछिल्लो समय हुलाकको प्रभावकारीता न्युन छ । कुनै समय आफन्तको चिठी कतिबेला आउला भनेर पखर्नेहरु जति हुन्थे उती नै चिठी लेख्ने  र पढ्ने हरुलाई पनि भ्याईनभ्याई हुन्थ्यो ।  बिराटनगरका सन्तोष काफ्लेको जस्तै गाँउघरमा आएका चिठी पढ्ने,  चिठी लेख्ने काममा पढेलेखेका धेरै मानिसहरु ब्यस्त हुन्थे । 

प्रविधिको विकाससँगै चिठीको ठाउँ मोवाइले लिएपछि चिठि आदान प्रदानमा ब्यस्त हुने हुलाक कार्यालय पनि आजभोली ब्यक्तिगत चिठी आदान प्रदान गर्ने कामबाट केहि फुर्सदिलो  भएको  जिल्ला हुलाक कार्यालय बाजुराका प्रमुख जंगबिर सुनुवारको अनुभव छ । 

शुक्रबार विश्व हुलाक दिवस मनाउँदा हुलाकको उपयोतिाका विषयमा भने खासै छलफल भएको सुनिएन । विश्व भरको हुलाक सेवालाई स्तरिय र सुदृढ बनाउन र सुचना आदान प्रदान गर्ने उद्येश्यले हुलाक सेवा सुुरु गरियो ।

बिश्वभर सुचना प्रवाह गर्ने उद्येश्यले सन् १८७४ अक्टोबर ९ मा बिश्व हुलाक संघको स्थापाना भयो । सन् १९५६ देखि नेपालले हुलाक दिवस मनाउन सुरु गरेको हो । 

सरकारी काममा लागि हुलाक मार्फत नै सुचना सम्प्रेषण गर्नुपर्ने भएकाले हुलाक सेवाको छुट्टै महत्व भएको सरकारी अधिकारीहरुको दाबी छ । तर पछिल्लो समय शिक्षा संचार र प्रबिधिको पहुँचसँगै हुलाक सेवा परिमार्जनको पनि आवश्यकता औल्याउहुन्छ हुलाक सेवा बिभागका महानिर्देशक द्रोण पोख्रेल बताउनुहुन्छ । हुलाक सेवा बिभाग अन्तर्गत हाल ४ हजार हुलाक कार्यालयको संजाल छ । 

झण्डै २० हजार कर्मचारी हुलाक सेवा बिभागमा कार्यरत छन् । हुलाक सेवाका लागि मात्रै सरकारले बार्षिक १ अर्व ९० करोड खर्च हुने गरेको छ ।  

तपाईंको बिचार