देशभरीका सामुदायिक रेडियोहरु सौराहामा, सभामुखद्धारा अकोराबको साधारण सभा उद्घाटन

प्रकाशित मिति: 2015-09-29

सौराहा १२ असोज । सामुदायिक रेडियो प्रसारक संघ अकोराव) नेपालको ११औँ सधारणासभा तथा रेडियोहरुको राष्ट्रिय सम्मेलन चितवनको पर्यटकीय नगरी सौराहामा सुरु भएको छ । देशभरीका रेडियोहरु सहभागि साधारणासभाको सभामुख सुवासचन्द्र नेम्वाङले उद्घाटन गर्नुभएको छ ।  

साधारणासभा तथा सम्मेलनलाई सम्वोधन गर्दै विभिन्न राजनीतिक दलका नेताहरुले कुटनीतिक तरिकाले नेपालको समस्या समाधान गर्न आग्रह गर्नु भएको छ । पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टले संविधानका प्रेसका हकमा देखिएको केही तुर्टी सच्याउनु पर्ने बताउनुभयो  । उहाँले मधेसमा राज्य र आन्दोलनकारी दुइटै पक्षबाट प्रेस आक्रमणको निशानामा परेको बताउनुभयो  । उहाँले सबैभन्दा धेरै मारमा सामुदायिक रेडियो परेको बताउनुभयो । 


नेपाली कांग्रेसका सचिव जीत नारायणका श्रेष्ठ, एमाले सचिव पार्वती रावल, राप्रपा नेपालका जिल्ला अध्यक्ष बद्री तिमिल्सेना लगायतले अब संविधान बनिसकेको अवसरमा अब तत्काल राजनीतिक विवादको अन्त्य गर्नुपर्ने बताउनुभयो । 

औपचारीका उद्घाटन समारोह अहिले चलिरहेको छ । यसपछि साधारणा सभाको बन्दसत्र सुरु हुनेछ । बन्दसत्रमा संघको विधान, सांगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदनमाथि छलफल हुनेछ । प्रतिवेदन हिजो सोमबार सौराहामा नै बसेको केन्द्रीय समिति बैठकले पारित गरेको थियो । 


साधारणसभाबाट विधान पारित भएपछि सामुदायिक रेडियोको विधान पनि संघिय संरचना अनुसारको बन्नेछ । विधानलाई पूर्ण समावेसी बनाइएको छ । त्यस्तै महासचिव गोविन्द देवकोटाको सांगठनिक प्रतिवेदनमा अकोराबको भावी कार्यनीतिका विषयमा छलफल हुनेछ । कोषाध्यक्ष सुवास खतिवडाले आर्थिक प्रतिवेदन पेश गर्नुहुनेछ ।


 देशभरीका सामुदायिक रेडियो सहभागि हुने सभामा नयाँ संविधानले संञ्चारमाध्यमलाई दिएको अधिकार, वर्तमान अवस्थामा रेडियोहरुको अवस्था र तिनीहरुको विकासका विषयमा छलफल हुने अकोरावका महासचिव देवकोटाले जानकारी दिनुभयो । 


सौराहामा आज बसेको केन्द्रीय समिति बैठकले गुञ्जन एफएम रौतहटका युवराज भट्टराई, रेडियो अर्पण चितवनका वेदराज आचार्य र रेडियो राप्ती सल्लानका रमेश गौतम सहित तीन जनालाई मनोनयन गरेको छ । उद्घाटन अघि सामुदायिक रेडियोका नीतिगत विषयमा छलफल भइरहेको छ । सीआईएनले बिहान साढे ११ बजेपछि प्रत्यक्ष प्रशारण गर्नेछ ।

तपाईंको बिचार