प्रधानमन्त्री ओली पक्का ! यी हुन सरकार गठनका ४ विकल्प

प्रकाशित मिति: 2015-09-26
सोविता रिसाल

काठमाडौं । राष्ट्रपति रामवरण यादवले सहमतीय सरकारका लागि आह्वान गरेका छन् । प्रधानमन्त्री सुशील कोइरालाको अनुरोधलगत्तै प्रधानमन्त्रीले एक साताको समय दिंदै सहमतिको सरकारका लागि दलहरुलाई आह्वान गरेका छन् । सहमतीय सरकार बनाउन दलहरु असफल भए एक सातापछि बहुमतीय प्रक्रिया प्रारम्भ हुनेछ । सोही दिन देखि सरकार गठनको प्रक्रिया पनि शुरु हुने छ । अहिले सम्मको राजनितिक समिकरण अनुसार कुन प्रक्रियामा को बन्ला ? 

संविधानको धारा २ सय ९८ अनुसार संसद अधिवेशन प्रारम्भ भएको मितिले सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन हुने छ । व्यवस्थापिका संसद अधिवेशन १५ गते देखि शुरु हुने भएपछि असोज २२ गतेसम्म देशले नयाँ प्रधानमन्त्री पाईसक्ने छ । 

राष्ट्रपति आह्वान अनुसार यदि सहमति नभएमा बहुमतीय प्रक्रिया शुरु हुने छ । दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाउने यस अघिको सहमति छ ।  दलहरुबीच लिखित रुपमा १६ बुँदे सम्झौता हुँदा अलिखित रुपमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा सघाउने सहमति भएको थियो । 

सोही अनुसार एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री बनाउने हिसाबमा अगाडी बढेको छ । एमाले उपाध्यक्ष भिम रावलले अहिलेसम्म छलफल नभएको तर अब नयाँ सरकारको नयाँ छलफलमा लाग्ने बताउनुभयो । 


यदि सात दिनभित्र राजनीतिक सहमति नभएमा व्यवस्थापिका संसदको तत्काल कायम रहेका सम्पूर्ण सदस्यको बहुमतका आधारमा प्रधानमन्त्री निर्वाचित हुनेछन् । प्रधानमन्त्री बन्ने व्यक्तिले संसदमा कम्तिमा २ सय ९९ मत पाउनुपर्नेछ । काँग्रेसको २ सय ६ र एमालेको १ सय ८३ गरेर ३ सय ८९ मत सहित प्रधानमन्त्री चुनिने छन् ।  १२ सभासद् जुटाए यस्तो सरकार बन्न सक्छ ।  स

काग्रेस एमालेमा सत्ता साझेदारीमा कुरो नमिले यसको फाईदा एमाओवादीले लिने संभावना पनि हुन्छ । यदि त्यसो भए कांग्रेस र एमाओवादीले केही साना दललाई लिएर सरकार बनाउने सम्भावना रहन्छ ।

कुनै गडबडी भएन भने कांग्रेसलाई राष्ट्रपति, एमालेलाई प्रधानमन्त्री, एमाओवादीलाई सभामुख र मधेसी मोर्चालाई उपराष्ट्रपति दिने भद्र सहमति भएको बुझिएको छ । एकीकृत नेकपा माओवादीका नेता गिरिराजमणि पाखरेल पहिले राजनितिक समस्या हल गरेर मात्रै सरकार गठनको प्रक्रिया शुरु गर्ने बताउनुहुन्छ । 

संविधान त ७ दिनभित्र प्रधानमन्त्री चयन गरिसक्नुपर्ने छ । यसरी हेर्दा २२ गते भित्रैमा प्रधानमन्त्री चुनिने छन् । संविधानमा ३० दिनभित्र राष्ट्रपति चयन गर्ने नयाँ संविधानको व्यवस्था छ । संविधान जारी भएको २० दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्ने भनिएको छ । संविधान अनुसार संविधान जारी भएको एकमहिना अथवा मंसिर १४ गतेसम्म सबै प्रमुख पदहरुमा निर्वाचित भईसक्ने छन् । 

सरकार गठनका विकल्प 

विकल्प १

राष्ट्रिय सहमतिको सरकार : प्रमुख तीन ठूला दलसहितको राष्ट्रिय सरकार पहिलो विकल्प हो । यसका लागि तीन दलबीच अनौपचारिक भद्र सहमति पनि भएको छ । यसो भए राष्ट्रपति, प्रधानमन्त्री, सभामुख तीन दलले बााड्नेछन् । संसद्मा उनीहरूसँग ४७४ सदस्य छन्।

विकल्प २

कांग्रेस–एमाले सरकार : दुई ठूला दल कांग्रेस र एमाले मिलेर सरकार बनाउने अर्को सम्भावना छ । उनीहरूबीचको सातबुादे सहमतिले त्यसको जग बनाएको छ । यस्तो सरकार बलियो बहुमतको सरकार हुनेछ ।

विकल्प ३

कांग्रेस–एमाओवादी समीकरण : कांग्रेस र एमाओवादीले केही साना दललाई लिएर सरकार बनाउने सम्भावना पनि छ । दुई दलको सभासद् संख्या २८८ पुग्छ । अन्य दलका १२ सभासद् जुटाए यस्तो सरकार बन्न सक्छ । साना दल जुटाउन धेरै गाह्रो पनि छैन ।

विकल्प ४

एमाले–एमाओवादी समीकरण : एमाले र एमाओवादीले केही साना दललाई लिएर पनि सरकार बनाउन सक्छन् । दुई दलका सभासद् जोडेर २६८ छन् । अन्य दलका ३२ सभासद् जुटाउन सके यस्तो सरकार बन्न सक्छ ।

तपाईंको बिचार