खानेपानी आयोजना निर्माणको कार्य अन्तिम चरणमा

प्रकाशित मिति: 2015-09-21

कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–८ मा निर्माण भइरहेको फुलेली खानेपानी तथा सरसफाइ आयोजनाको कार्य अन्तिम चरणमा पुगेको छ । चार वर्षअघि निर्माण कार्य प्रारम्भ गरिएको खानेपानी आयोजनाको ९० प्रतिशत कार्य सम्पन्न भएको छ ।

गिठे खोलादेखि आठ किलोमिटर पाइपलाइन बिछ्याउने, इण्टेक टङ्की निर्माण, रिजर्भेसन टङ्की निर्माण, खोला क्रसिङको कार्य पूरा भएको आयोजनाका कोषाध्यक्ष कृष्णसिंह ठगुन्नाले बताए । आयोजना निर्माणका लागि अहिलेसम्म रु. ४० लाख भन्दाबढी रकम खर्च भइसकेको उनले जानकारी दिएका छन् ।
आयोजना दुई सय परिवारलाई लक्ष्यित गरी सुरु गरिएको हो । आयोजनाअन्तर्गत ६७ धारा निर्माण गरिएका छन् ।

दुई लाख लिटर पानी सञ्चित गर्ने आयोजनाको क्षमता छ । ‘थप बजेट प्राप्त भएमा चालु आवभित्रै योजना पूरा गरी शुद्ध पेयजल सर्वसाधारणका घर घरमा पु¥याउन सकिन्छ’ ठगुन्नाको अनुमान रहेको छ ।

तपाईंको बिचार