मदन पुरस्कार ‘खुसी’लाई

प्रकाशित मिति: 2015-09-21

मदन पुरस्कार गुठीबाट हरेक वर्ष प्रदान गरिने मदन पुरस्कार पत्रकार विजय कुमारद्वारा लिखित ‘खुसी’ संस्मरणात्मक कृतिलाई दिइने भएको छ गुठीको शुक्रबार बसेको बैठकले खुसीलाई वर्ष २०७१ को उत्कृष्ट कृति ठहर गर्दै पुरस्कार दिने निर्णय गरेको हो ।
त्यसैगरी जगदम्बाश्री पुरस्कार आजीवन नेपाली भाषा र शिक्षामा अतुलनीय योगदान पु¥याएबापत अङ्गुरबाबा जोशीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।
पुरस्कारको राशि जनही रू २ लाख रहेको छ । पुरस्कार आगामी असोज २७ गते प्रदान गरिने छ । गुठीले २०१२ सालदेखि यी दुवै पुरस्कार प्रदान गर्दै आएको छ ।

तपाईंको बिचार