‘संविधानपछिको शान्ति दिवसमा अर्थपूर्ण’

प्रकाशित मिति: 2015-09-21

अन्तर्राष्ट्रिय शान्ति दिवस आज नेपालमा पनि मनाइदैछ । ‘शान्तिका लागि सहकार्य  सबैका लागि सम्मान’ भन्ने नाराका साथ शान्ति दिवस मनाउन मनाईंन लागेको हो । संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष सेप्टेम्बर २१ तारिखमा यो दिवस मनाउने गरेको छ । संविधान जारी भएसँगै नेपालमा शान्ति प्रक्रिया निस्कर्षमा पुगेकाले आज थप उल्लासका साथ मनाइँदैछ । राष्ट्रसंघको ५६ औँ वार्षिक साधारण सभाले प्रस्ताव पारित गरी विश्वव्यापी रुपमा हिंसा र युद्धको समाप्तिको दिनको रुपमा आजको दिनलाई अन्तर्राष्ट्रिय शान्ति दिवसको रुपमा मनाउने घोषणा गरेपछि नेपालले २०६५ सालदेखि यो दिवस मनाउन थालेको हो । दिवसका अवसरमा शुभकामना दिनुहुँदै  प्रधानमन्त्री सुशील कोइरालाले संविधानले लोकतान्त्रिक शासन पद्धति, दिगो शान्ति, समृद्धिको ढोका खालेको बताउनु भएको छ ।  उहाँले एक दशक लामो सशस्त्र द्वन्द्वलाई शान्तिमा रुपान्तण गरी शान्ति सम्झौताले निर्देशन गरे बमोजिम संविधानसभाबाट संविधान जारी गर्न सकेकोमा खुशी व्यक्त गर्नुभएको छ । सबैलाई शुभकामना पनि प्रधानमन्त्रीले दिनुभएको छ ।

 

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/banner5.jpg): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/banner5.jpg): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार