आइतबारसम्म सहमति नभए प्रक्रिया अगाडि बढ्छः खड्का

प्रकाशित मिति: 2015-09-21

आइतबार सम्ममा सहमति हुन्छ नै भनेर संविधानसभाको प्रक्रिया स्थिगित भएको हो रु
वास्तवमा संविधानसभाको प्रक्रिया स्थिगित गरिएको होइन् । गलत सन्देश नजाओस् । मधेसी दलहरु तथा अरु पनि असन्तुष्ट दलहरुले वार्ताका लागि सरकारले वातावरण बनाएन बनाएन भनिरहेका छन् । आज भोलीसम्म उनीहरुसंग सहमतिका लागि अधिकतम प्रयास गर्ने भनेर शनिबार एक दिन बैठक नराख्ने निर्णय गरिएको छ ।
तर, मधेसवादी दलहरुले संविधानसभाको जारी प्रक्रिया स्थिगितलाई नै वार्ताको पूर्व शर्त बनाएका छन् । 
भनेर हुन्छ र रु उहाँहरुले पनि आफ्नो कुरा राख्नुभयो त्यो अन्यथा होइन । तर सरकारले पनि आफ्नो तर्फबाट औपचारिक कुरा स्पष्ट रुपमा राखिसकेको छ । सरकारले पटक–पटक मौखिक तथा लिखित आग्रह गर्दै वार्तामा आउन आग्रह गरिसकेको छ नि । संविधान जारी गर्न मात्रै बाँकी रहेको प्रक्रियालाई अब लम्ब्याउन  सकिदैन । छलफलमा, वार्तामा आए पो त्यसपछि के गर्ने भन्ने बिषयमा कुरा गर्न सकिन्छ त । यतिकै बाहिर–बाहिर बोल्दै शर्तहरु राखेर हुन्छ र रु
संयुक्त मधेसी मोर्चा, तथा थारु सभासदहरुले  मधेसमा भईरहेको आन्दोलनका बारेमा ४ बुँदे सर्त तथा मधेस आन्दोलन पछिको सबै सहमति कार्यान्वयनको ग्यारेण्टी माग गरेका छन् नी रु 
पहिले वार्तामा बस्नुपर्यो, छलफल गनुपर्यो अनि पो के माग सम्बोधन गर्ने के नगर्ने भन्ने बिषय रहन्छ । वार्तामा नै आउन नचाहनेले राखेका विभिन्न शर्तहरु पालना गर्नैपर्छ भन्ने छैन ।  
देखाउनका लागि मात्रै १ दिनको बैठक स्थिगित त भएको हैन् नी रु 
कुरा त्यस्तो होइन । उहाँहरु संविधानसभाबटा संविधान बनोस् देशमा शान्ति सुव्यवस्था  कायम होस् भन्ने चाहनुहुन्छ भने वार्तामा आउनुहुन्छ । छलफल गरेर तत्काल मिलाउन सक्ने बिषय तत्काल र मिलाउन नसकिने बिषय मिलाउँदै लैजान सकिन्छ ।  छलफल मार्फत समस्या सुल्झाउने भन्दा पनि झन् बल्झाउने दिशमा मुलुक जान लागेकाले लामो समय प्रक्रियालाई रोक्न सकिदैन । सकारात्मक छलफलका लागि २ दिनको समय काफी हुन्छ ।
आइतबारसम्म कुनै सकारात्मक छलफल नभए के हुन्छ रु 
आइतबार ११ बजेसम्म अधिकतम प्रयास गर्ने हो । सिमाङकनमा पुर्नसरचना गर्ने बिषयदेखि अरु सबै बिषयमा त्यस अघि छलफल गर्न सकिन्छ तर आइतबार संशोधन प्रस्ताब माथिको छलफल सकेर मतदानको प्रक्रिया शुरु हुन्छ । सभाअध्यक्ष सुवासचन्द्र नेम्वाङदेखि एकीकृत नेकपा माओवादी लगायत दलहरुको आग्रह पछि २ दिनको समय निकालिएको हो । त्यसपछि यो प्रक्रिया संविधानसभाबाट संविधान जारी गरेपछि मात्रै रोकिन्छ ।
संविधान चाहिँ कति गते जारी हुने भो रु
त्यो आइ्तबार सम्मको राजनीतिक वातावरणले तय गर्छ । आइतबारदेखि दफा पारित गर्न मतदानको प्रक्रिया शुरु हुन्छ । त्यो प्रक्रिया राती अबेरसम्म चलाएर पनि  १र२ दिनमा सकेर संविधान असोज १र२ गते भित्रै जारी गर्ने  तयारी छ
 

तपाईंको बिचार