सभासद भण्डारीको घरमा आगजनी

प्रकाशित मिति: 2015-09-21


अमन पासवान, रेडियो गौशाला, महोत्तरी
नयाँ संविधान जारी भएको २ घण्टा नवित्दै हिजो महोत्तरी क्षेत्र नं. ६ का सभासद सिताराम भण्डारीको घरमा केही अज्ञात व्यक्तिको समुहले आगजनी गरेका छन् । गएराति ८ बजे आधा दर्जनभन्दा बढी मोटरसाईकलमा आएका अज्ञात व्यक्तिका समुहहरुले सभासद भण्डारीको निजी निवास भरतपुरमा रहेको पुख्र्यौली घरमा आगजनी गरेका हुन । घरको झ्यालबाट पेट्रोल छर्केर आगजनी गरेको स्थानिय दिनेश महतोले जानकारी दिनुभयो । समयमै आगोलाई नियन्त्रणमा लिएकोले थप क्षति हुनबाट जोगिएको स्थानिय महतोले बताउनुभयो । घरमा कोही नभएकोले छिमेकीहरुले मुल ढोका फोरेर आगोलाई समयमै नियन्त्रणमा लिईएकोले कुनै भौतिक एवं मानवीय क्षति नभएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । घटना संलग्न व्यक्तिहरुको खोजी कार्य भईरहेको प्रहरी निरीक्षक मच्छिन्द्रबाबु केसीले जानकारी दिनुभयो ।

तपाईंको बिचार