बन्दका कारण मध्य तराई र पूर्वका जिल्लाको जनजीवन प्रभावित

प्रकाशित मिति: 2015-09-21


संविधान घोषणा भएको विरोधमा तराई मधेस र पूर्वका केही जिल्ला बन्द गरिएको छ । लिम्बुवान बिनाको संविधान घोषणा गरिएको भन्दै विरोधमा उत्रिएका लिम्बुवान संघर्ष समिति र संघीय लिम्बुवान पार्टीले गरेको बन्दले अरुण पूर्वका नौ जिल्ला प्रभावित भएका छन् । बन्दका कारण पूर्वका सुनसरी, मोरङ, झापा, धनकुटा, तेह्रथुम, संखुवासभा, इलाम, पाँचथर र ताप्लेजुङको जनजीवन प्रभावित बनेको हो । लामो तथा छोटो दुरीका सवारीसाधन चल्न सकेका छैनन् भने कलकारखाना, शिक्षण संस्थासमेत ठप्प छन् । त्यस्तै तराई मधेसका जिल्लामा पनि बन्द कायमै छ । संविधान जारी भएको विरोधमा प्रदर्शनकारी विरोधमा उत्रिएका छन् । लामो समय देखिको बन्दले नागरिकले सास्ती खेपेको विभिन्न सामुदायिक रेडियोहरुले खबर पठाएका छन् ।

 

तपाईंको बिचार