विजय उत्सव सहित तीनदलको विशालसभा काठमाण्डुमा

प्रकाशित मिति: 2015-09-21

सहित संविधान घोषणा भएको खुसियालीमा प्रमुख तिन दलले आज राष्ट्रिय उत्सव मनाउने भएका छन् । उत्सवका रुपमा संयुक्त आमसभा र विजय ¥याली आयोजना गर्दैछन् । आज काठमाण्डुको सैनिक मञ्च टुँडिखेलमा विजय ¥यालीपछि संयुक्त आमसभा गर्ने तिन दलले बताएका छन् ।  

सभालाई कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ । एमाले उपाध्यक्ष भीमबहादुर रावलले ऐतिहासिक खुसीको क्षणलाई विजयोत्सवकै रूपमा मनाएर सन्देश दिन संयुक्त सभाको आयोजना गरेका बताउनुभयो ।

काठमाडौंसँगै तिनओटै दलले देशभर संयुक्त सभा र ¥यालीको आयोजना गर्दै छन । सभाअघि राजधानीका तिन ठाउँबाट विजय ¥यालीका रूपमा जुलुस सुरु हुनेछ । दिउँसो १२ बजेबाट कांग्रेसले शान्ति वाटिका, एमालेले रत्नपार्कस्थित रातो घर र एमाओवादीले भृकुटीमण्डपबाट जुलुस निकाल्नेछन ।

एमालेको ¥याली बागबजार–पुतलीसडक–भद्रकाली हुँदै अघि बढ्नेछ भने त्यसमा एमाओवादीको ¥याली पनि मिसिनेछ । तिनै दलले विजय उत्सवका रूपमा आयोजना हुने सभामा सहभागी हुन आम जनसमुदायलाई अपिल समेत गरेका छन् । सरकारले आज विजयउत्सव मनाउन सार्वजनिक विदा दिएको छ ।

तपाईंको बिचार