सामुदायिक रेडियोप्रतिको सङ्घीय सरकारको बुझाइ र गर्न सकिने सहयोग के कस्ता हुनसक्छन्,राेयल्टी र समानुपातिक विज्ञापनका बारेमा सरकारको तयारी के छ, थी लिलप्रकाश चन्दले सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटासँग कुराकानी
पुरा समाचारकाठमान्डौं । प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसको अबरोधकाबीच संसदबाट चिकित्सा शिक्षा बिधेयक पारित भएको छ । बिधेयक पारित भएपछि प्रतिपक्षले सरकारले संसदमा पनि दुई तिहाईको दम्भ देखाएको भन्दै आक्रोस व्यक्त गरेको छ भने सत्तापक्षले बिधेययक मार्फत सारा नेपालीले जितेको प्रतिक्रिया दिएको छ ।
पुरा समाचारसमितिलाई दिइएको ७ दिनको समय मध्ये ५ दिन बितिसक्यो । कर्मचारी युनियनले छानबिन समितिमा आफ्ना प्रतिनीधि हुनुपर्ने भनेपछि एकजना सदस्य थपी छलफलका लागि आज बैठक बोलाइएको हो ।
पुरा समाचारसाँफेबगर नगरपालिकाको १४ वडामा ३९ हजार भन्दा बढी जनसंख्या छ । त्यसमध्ये दुईहजार बढी युवा बेरोजगार रहेको नगरपालिकाको तथ्याङ्क छ ।
पुरा समाचारछाउपडि प्रथा अन्त्यका लागि आफैबाट पहल सुरु गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । आज डेज फर गल्सले काठमाण्डौमा गरेको कार्यक्रममा उपस्थित सांसद तथा अरु सरोकारवालाले आफू, आफ्नो परिवार र टोलबाट छाउपडि प्रथा हटाउन सके देशबाट नै यो प्रथा हटाउन सक्ने बताएका हुन् ।
पुरा समाचारदुई महिना अस्पताल बसेर घर फर्कँदा दुईटै खुट्टा नचल्ने भयो । पहिले निकै मिल्ने साथीहरु टाढा हुँदै गए । शोभाले ६ कक्षा पढ्दापढ्दै विद्यालय जान छाड्नुभयो ।
पुरा समाचारकाठमाडौं । जागरुक युवा अभियान नेपालले बिगतका बर्षहरुमा झैँ यसबर्ष पनि अन्र्तराष्ट्रिय नेपाली टोपी दिवस मनाएको छ । अभियानले बिगत ५ बर्ष देखि अंग्रेजी नयाँ बर्ष अर्थात जनवरी १ का दिन अन्तराष्ट्रिय नेपाली टोपी दिवस मनाउदै आएको हो । यसवर्ष पनि छैठौं अन्र्तराष्ट्रिय टोपी दिवसको अवसरमा आयोजक जागरुक युवा अभियान नेपालले काठमाडौँको माइतीघर मण्डलामा भेला भई प्रभातफेरी कार्यक्रम गरेको थियो ।
पुरा समाचारसरकारले सामुदायिक मेलमिलाप केन्द्रलाई थप प्रभावकारी बनाउने गरी निती ल्याउने भएको छ । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपाल र दी एसिया फउण्डेशनको सहकार्यमा काठमाण्डौँमा आज भएको ‘सङ्घीय संरचनामा सामुदायिक मेलमिलापको नितिगत छलफल’ कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालले सामुदायिक मेलमिलापलाई प्रभावकारी बनाउन नितीगत पहल गर्ने प्रतिबद्धता जनाउनु भएको हो ।
पुरा समाचारकाठमाण्डु उपत्यकाका विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारले आफुले लैंगिक हिंसा विरुद्धका मुद्धालाई प्राथमिकता दिने प्रतिवद्धता जनाएका छन् । युएन वुमन र सामुदायिक रेडियो प्रशारक संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् । आफु लगायत कैयौं सञ्चार माध्यममा कार्यरत महिला पत्रकारले समेत लैंगिक हिंसाका खेप्नुपरेको अनुभव सहभागि महिला पत्रकारहरुले सुनाएका छन् ।
पुरा समाचारकाठमान्डु । अन्तरप्रदेश परिषदको बैठकमा केन्द्रियता हाबी भएका कारण प्रदेशले काम गर्न नसकेको प्रदेश सांसदहरुले बताईरहेका छन् । संघ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्ने निकाय अन्तरप्रदेश परिषद्ले प्रभावकारी काम नगर्दा आफुहरुले काम गर्न नसकेको प्रदेश नं तीनका प्रदेश मामिला समितिका सभापति एवं नेकपाका नेता माधव पौडेलले बताउनु भएको छ ।
पुरा समाचारSeverity: Notice
Message: Undefined variable: latest_radioprogramme
Filename: includes/contain-details-right.php
Line Number: 38