नेता बामदेव गौतमको प्रतिवेदनपछि नेकपामा तरङ्ग

मेरो विचारको सुनुवाइ नहुने स्थितिमा प्रतिवेदन पेस गरेँ-गौतम (विशेष कुराकानी अडियोसहित)

प्रकाशित मिति: 2018-12-17
तस्विरः गुगलबाट साभार
तस्विरः गुगलबाट साभार

स्थायी कमिटी बैठकमा सचिवालय सदस्य बामदेव गौतमले फरक मतसहितको छुट्टै प्रतिवेदन पेश गरेपछि नेकपा भित्र विभिन्न कोणबाट बहस सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड निकटका नेताहरुले सांसद पद नपाएका कारण बामदेवको छुट्टै प्रतिवेदन आएको टिप्पणी गर्न थालेका छन् भने, कतिपय नेता कार्यकर्ताले भने गौतमको समर्थन गरेका छन् । राजन रुचालले नेता गौतमसँग छुट्टै प्रतिवेदन र यसको अर्थका बारेमा कुराकानी गर्नु भएको छ ।

छुट्टै प्रतिवेदनले त अहिले तह्का पिटेको छ, ल्याउनुपर्ने त्यस्तो के आइलाग्यो तपाईँलाई ? 


यसको शीर्षक नै के छ भने 'पार्टी र सरकारलाई व्यवस्थित गर्ने सम्बन्धमा मेरो विचार' भन्ने  छ । त्यसैले यो सरकारलाई पनि लोकप्रिय बनाउने र पार्टीलाई पनि लोकप्रिय बनाउनको निम्ती मैले सुझावसहितको प्रतिवेदन प्रस्तुत गरेको हो । त्यसोगर्दा यसमा मेरो आलोचनात्मक सुझाव छ ।

 

यो प्रतिवेदनलाई तपाईँको नेतृत्वको अभिलाशा मान्ने कि नेतृत्वप्रतिको कटाक्ष ?


होइन होइन, यो नेतृत्वको आलोचना हो । 


अभिलाशा होइन फेरी नेतृत्व गर्ने ?

 

यसमा अभिलाशासित जोडिने कुरा आउँदैन । म अहिले भएका हाम्रो पार्टीका सबै नेताहरुसितको सँगैको सहयात्री हुँ । त्यसै तहको प्रतिष्ठित व्यक्ति हुँ ।

 

जिम्मेवारी पाउँदा जस्तोसुकै काम पनि निर्वाह गर्दै आएको छु । फेरि पनि गर्नसक्छु । तर अहिले पदीय हिसाबले उहाँहरु जिम्मेवारीमा हुनुहुन्छ । मैले उहाँहरुलाई हटाउनुपर्छ भनेर राखेकै छैन । तपाइले मेरो सुझाव सहितको प्रतिवेदन राम्रोसँग पढनुभयो भने सबै कुरा थाहा हुन्छ ।

 

त्यो प्रतिवेदन ल्याउनुभन्दा अगाडि सचिवालयमै छलफल गरेर संयुक्त प्रतिवेदन ल्याएको भए हुन्थ्यो नि, त्यसो किन नगरेको ?


छलफल गरेर त आएको हो नि ।


छलफल गरेर ल्याएको भए छुट्टै प्रतिवेदन किन ल्याउनुभएको हो त ?


किन न ल्याउने त छुट्टै प्रतिवेदन । मैले राख्न खोजेको कुरा उहाँहरुले त राख्नै सक्नुहुन्न नि । 


तर संस्थापन पक्षका नेताहरुले तपाईको नानीदेखि लागेको बानी भनेर टिप्पणी गरिरहेका छन्, त्यसो गर्दा त तपाईँको प्रतिवेदनको केही अर्थ नहोला नि फेरि?

 

अरु पार्टीमा के हुन्छ थाहा छैन, कम्युनिष्ट पार्टीभित्र जो सुकैले पनि आफ्नो छुट्टै मत राख्न सक्छ र अहिले जुन प्रतिवेदन प्रस्तुत् भएको छ । त्यो प्रतिवेदनसँग सहमत हुन नसकेपछि मैले आफ्नो विचारसहितको प्रतिवेदन राखेको हो ।

 

यो विचारमा आधारित रहेर साथीहरुले छलफल गर्नुहुन्छ । जसलाई मन लाग्यो समर्थन गर्नुहुन्छ । मन लाग्दैन समर्थन गर्नुहुन्न । मैले पहिलोपटक आफ्नो विचारको आधारमा छलफल गरेर साथीहरुलाई प्रभावित गर्ने कोशिस गरेको छु । यो भन्दा अर्को कुनै कुरा छैन ।

 

तर तपाई सांसद हुन नपाएको कारणले चाँहि यस्तो प्रतिवेदन ल्याउनुभयो भनेर पनि टिप्पणी भइराखेको छ नि ?


यसको पछाडि के कारण छ भनेर भन्ने जस्ता वाइयात कुराहरु बौद्धिक दरिद्रता प्रकट गर्नेहरुको पछाडी तपाईँ नलाग्नुस् ।


तपाईँले विकास प्राधिकरणको अध्यक्ष बन्ने चाहाना पनि राख्नुभएको थियो । त्यो पूरा नहुँदाको तुष र तपाईँको मनमा भएका योजनालाई समेटेर प्रतिवेदन ल्याउनुभएको  हो ? 

 

मेरो त यो विकास निमार्ण सम्बन्धी तपाईँले बुझ्नु नै भएन । पोहोरसाल मैले एउटा पुस्तक नै प्रकाशन गरेँ । जसको नाम छ 'नेपाल नवनिर्माण महाअभियान' त्यो पुस्तकमा आधारित भएर घोषणपत्र तयार भयो । त्यो घोषणापत्र र संविधान अनि पुस्तकको आधारमा फेरि सुशासन र विकासको प्राथमिकताभन्दा अर्को प्रतिवेदन तयार भो । एक एक छन नि त ।

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/INT_Bamdev_Gautam.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/INT_Bamdev_Gautam.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार