कहाँ जान्छन् बिना विभागिय मन्त्री ? (अडियो)

सम्पर्कमा छैनन्ः प्रधानमन्त्री कार्यालयका प्रवक्ता पन्थी

प्रकाशित मिति: 2018-01-03
केशव भुल

अहिलेसम्म कुनै पनि विनाविभागिय मन्त्री सम्पर्कमा नआएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालका प्रवक्ता हरिप्रशाद पन्थीले बताउनुभयो ।

काठमाण्डु । साढे दुई महिनादेखि माओवादी केन्द्रका १६ मन्त्री जिम्मेवारीविहीन छन् । विनाविभागिय भइसकेपछि उनीहरुको दैनिकी सिंहदरबार नै निछिरी बित्ने गरेको छ ।  

बिनाविभागिय मन्त्री शिवकुमार मण्डल पहिलो पटक पाँच दिनअघिको मन्त्रीपरिषद बैठकमा जानुभयो । त्यसअघि उहाँ चुनावका लागि गृहजिल्ला मोेरङमा केन्द्रित हुनुभयो । महिला, बालबालिका तथा समाज कल्याणमन्त्रीको जिम्मेवारीमुक्त भएपछि आशा कोइराला दिनहरु पनि फूर्सद मै वितिरहेका छन् ।   

अहिलेको सरकारमा माओवादीबाट एक उपप्रधानमन्त्री, ८ विनाविभागीय मन्त्री र ७ विनाविभागीय राज्यमन्त्री छन् । एमाले र माओवादीबीच बाम गठबन्धन भएपछि ७८ दिनअघि माओवादीबाट सरकारमा गएका मन्त्रीलाई प्रधानमन्त्री देउवाले जिम्मेवारीबाट मुक्त गर्नु भएको थियो । 

फुसर्दिला विनाविभागीय मन्त्री सकेसम्म जिल्लातिरै समय कटाउँदै आएका छन् । चुनाव सकिएको एक महिना बित्यो तर मतदातालाई धन्यवाद दिने बहानामा विनाविभागीय मन्त्रीहरु गाउँघरमै देखिन्छन् । अहिलेसम्म कुनै पनि विनाविभागिय मन्त्री सम्पर्कमा नआएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालका प्रवक्ता हरिप्रशाद पन्थीले बताउनुभयो । 

विनाविभागिय मन्त्री काम विहिन भएर नियमित सिंहदरवार नगए पनि नियमित पाउने सेवा सुविधा भने उनीहरुले लिइरहेका छन् । प्रशासनविद् डाक्टर भिमदेव भट्ट काम नगरी सेवा सुविधा लिनुभन्दा बाहिरीनु राम्रो हुने टिप्पणी गर्नुहुन्छ ।

बिनाविभागीय मन्त्रीका लागि मन्त्रीपरिषद् तथा प्रधानमन्त्री कार्यालयको भवनमा  एउटा साझा कोठा छुट्टयाइएको छ तर कुनै पनि विनाविभागिय मन्त्रीले पाइलो टेकेका छैनन् । 

 

अडियो सुन्नुहोस्

तपाईंको बिचार