जुरे र महभीरमा पहिरो, यात्रु अलपत्र

बाह्रबिसे–काठमाण्डौ सडकखण्ड अवरुद्ध

प्रकाशित मिति: 2017-08-19
किरण थापा, रेडियो मेलम्ची, सिन्धुपाल्चोक

अरनिको राजमार्ग अन्र्तगतको बाह्रबिसे–काठमाण्डौ सडकखण्डको महभीर र जुरेमा पहिरो जाँदा सवारी आवागमन ठप्प भएको छ । अविरल वर्षाको कारण महभिर र जुरेमा पहिरो गएको हो ।

बाह्रबिसे, तातोपानीबाट राजधानी जाने प्रमुख सडक महभीर, जुरेमा चार दिनदेखि भास्सिन थालेको थियो ।

हिजो बिहानदेखि जुरेस्थित सडक वरपरका पहाड झर्न थालेको तर सडकको अवरोध हटाउन नसकिएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक पञ्चकुमार वाखुले जानकारी दिनुभएको छ ।

सडक सबै पहिरोले छोपिएकाले बाटो खोल्न समय लाग्ने देखिएको छ । घटनास्थलमा यात्रुलाई सहयोगका लागि पुगेका प्रहरीका अनुसार पहिरोले पैदल हिड्नसमेत जोखिमपूर्ण बनाएको छ ।

पुरानो जुरे पहिरो फेरि झर्न थालेको छ, महभीरमा सडक भास्सिएसँगै पहिरो झरिरहेको छ । सडक अवरुद्ध भएपछि दर्जनौ बिरामी र पर्यटक अलपत्र परेको प्रहरीले जानकारी दिएको छ । 

 

तपाईंको बिचार