जुन मोडमा साथ भेटियो त्यही मोडबाट जीवनले कोल्टे फेर्यो (अडियोसहित)

प्रकाशित मिति: 2016-03-29
सोविता रिसाल

काठमाडौं । सोच्दै नसोचेको ठाउँमा धकेलिपछि उहाँलाई लागेको थियो अब न साथ भेटिने भयो नत जीवन रङ  । झण्डै १५ बर्षको हुँदा नै मुम्बईको कोठीमा बेचिनुभएकी सुनिता दनुवारले सोचेको दुईटै कुरा फेल खाए । कोठीबाट निस्केको एक बर्षमै साथ पनि भेटियो, विश्वभर  चर्चा पाउनेगरि जीवनले नयाँ मोड पनि लियो । 

श्रीमती बसीबसी खाने तिमी चै घरधन्दा गर्ने ? भन्दै कुरा काट्ने, सम्बन्ध भाँड्न खोज्नेहरु ननिस्कएका होइनन् । तर, सबै कुरालाई वेवास्ता गर्दै निर्पले सुनिताको यात्रामा साथ दिनुभयो । २ दशकको सहकार्यमा यो जोडीका बीचमा सामान्य ठाकठुक बाहेक ठूलो झगडा कहिल्यै परेको छैन । 

दैलेखको एउटा गरिब परिवारमा बाल्यकाल, भारतको जम्मुकश्मिरमा किशोरावस्था गुजार्नुभएकी सुनिता दनुवार १४ बर्षको उमेरमै मुम्बईको कोठीमा बेचिनुभयो । लागेको थियो, अब जीवन सकियो । तर संयोगले सुनिता निस्किनुभयो र संयोगले नै नसोचेको साथ भेटियो । 

जुन मोडमा जीवन साथीका रुपमा निर्प दनुवारसँग भेटभयो, त्यही मोडबाट सुनिताको जीवनले कोल्टे फेर्यो । सबै पीडा बिर्सेर श्रीमानको सल्लाहमा नै मानव बेचविखन विरुद्ध, आफुजस्तैै महिलाको एउटा शक्ति बन्यो, शक्ति समूहका नाममा । “आँसुलाई शक्तिमा बदलौं” भन्ने नाराका स्थापित शक्ति समूहका अहिलेका कार्यकारी निर्देशक दनुवारको नाम विश्वभरी चर्चामा छ ।  २०३४ सालमा जन्मिएकी सुनिता सानैदेखि राम्री हुनुहुन्थ्यो । 

घरधन्दा छोरी हुर्काउने जिम्मा सबै निर्पकै काँधमा छ । श्रीमतिले घरको धन्दा,श्रीमानले बाहिरको काम भन्ने परम्परा भन्दा ठीक उल्टो छ दनुवारको घरमा । सुनितालाई कार्यालय, बैठक, कार्यक्रममा भ्याइनभ्याइ हुन्छ घरको सबै जिम्मा निर्पकै भरमा  छ । 

बुबाआमाको आँखा छलेर  १४ बर्षकी सुनितालाई मानब बेचबिखनको गिरोहले दिल्लिको कोठी पुर्यायो, जहाँ भोगेको पीडा सुनाई साध्य छैनन् उहाँका ।  २०५३ सालमा भारतको महाराष्ट्र सरकारले १८ बर्ष भन्दा कम उमेरकालाई उद्धार गर्ने निर्णय गरेसंगै त्यहाबाट छुटेर नेपाल आईपुग्नुभएका सुनिता त्यहि बेलैदेखि मानब बेचबिखन विरुद्धको अभियानमा  सक्रिय हुनुहुन्छ ।  

केहीदिन अघि साँझ शक्ति समूहको कार्यालय काठमाण्डुको चुच्चे पार्टी पुग्दा सुनिता र उहाँका श्रीमान कार्यालयमा नै गफिदै हुनुुहन्थो । २०५४ सालमा वैवाहिक सम्बन्धमा गाँसिनु भएका उहाँहरुको परिवार सदस्य संख्या दुईबाट चारमा पुगेको छ । एक छोरा र एक छोरी थपिएका छन् तर, घरधन्दा छोरी हुर्काउने जिम्मा सबै निर्पकै काँधमा छ।

श्रीमतिले घरको धन्दा, श्रीमानले बाहिरको काम भन्ने परम्परा भन्दा ठीक उल्टो छ दनुवारको घरमा । सुनितालाई कार्यालय, बैठक, कार्यक्रममा भ्याइ नभ्याइ हुन्छ घरको सबै जिम्मा निर्पकै भरमा छ । । 

श्रीमती बसीबसी खाने तिमी चाँही घरधन्दा गर्ने ? भन्दै कुरा काट्ने, सम्बन्ध भाँड्न खोज्नेहरु ननिस्किएका होइनन् । तर, सबै कुरालाई वेवास्ता गर्दै निर्पले सुनिताको यात्रामा साथ दिनुभयो । २ दशकको सहकार्यमा यो जोडीका बीचमा सामान्य ठाकठुक बाहेक ठूलो झगडा कहिल्यै परेको छैन । 

सजिलो, असजिलोमा श्रीमतीलाई सघाउने असल साथी मात्रै होइन, सुनिताका लागि निर्प दुःख चौतारी पनि बन्नु भएको छ । आफू विद्यालय शिक्षामात्रै पढ्नु भएका निर्पले श्रीमतीलाई एसएलसी पास गराउने ईच्छा बिहेपछि नै पूरा गर्नुभयो ।

बेचिएकी महिला हुन भन्ने जान्दाजान्दै पनि  पनि जीवन रथको एउटा पाङ्ग्रा बनाउन सहमत भएका निर्पले महिनौ बिदेश हुने सुनिताप्रति शंका कहिल्यै गर्नु भएन । सुनिता जति टाढा पुगे पनि उति माया बढेर आउने निर्पको भनाइ छ । 

श्रीमानकै सहयोगमा सुनिताले स्नातक (बीए)  सक्नुभएको छ अहिले । अब पीएच्डी (विद्यावारिधी) नै गर्ने ईच्छा छ मानब बेचबिखन कै विषयमा । निर्पलाई भने सुनिताले डाक्टर लेखेको हेर्न रहर त छ सँगैै राजनिति गरोस् भन्ने पनि भित्रि चाहना छ । 

सुनिता र निर्पको जोडी जति सरल लाग्छ, त्यति नै आत्मिय पनि । एक अर्कालाई तिमीले सम्बोधन गर्छन । सकेसम्म भान्सामा पनि मिलेरै काम गर्छन । 

एक अर्काको लागि दिने त्यति धेरै समय हुदैन दुबैको । बेचिएकी महिला भन्ने जान्दाजान्दै पनि जीवन रथको एउटा पाङ्ग्रा बनाउन सहमत भएका निर्पले महिनौ बिदेश हुने सुनिताप्रति शंका कहिल्यै गर्नु भएन ।

भौगोलिक रुपमा दुरी बढ्दा झन् सुनिताको माया लागेर आउने निर्पको बुझाइ छ । आफ्नो सपना र योजना भुलेर पनि जीवन साथीका रुपमा सुनिताकै सहयोगी बन्नुभयो, निर्प ।  

सुनिताले विश्व चर्चा हुनेगरि म्यागासेसे पुरस्कार पाउँदा काठमाण्डुको कोठामा हर्षले आँखा रसाएका निर्पका, जीवनका धेरै मोडमा सुनितासँगसँगै रुनुभयो सँगै हाँस्नुभयो । तर, यात्राको २० बर्ष आइपुग्दा सुनिताले मात्रै होइन चिन्नेजान्ने सबैले भन्छन् निर्प ‘जीवन साथी कस्तो जाती’ ।   

हरेक मान्छे, परिवार, समाजमा खोजी असलको हुन्छ तर चर्चा खराबकै बढी सुनिन्छ । असल बुहारी वा श्रीमति हुनको निम्ति छोरीलाई सानैदेखि अभ्यस्त बनाउने प्रयास हुन्छ । तर, के छोराहरु असल श्रीमान वा असल साथी हुनु पर्दैन ? त्यसको अभ्यास कमजोर छ । श्रीमान मात्र होइन असल साथी बन्ने तीनै पात्रको खोजीमा साझा खबरको नयाँ रेडियो श्रृखला । 

हरेक सोमबार साँझ ७ :३० बजेको साझा खबरमा सुन्न सकिन्छ ‘जीवन साथी कस्तो जाती’ । 

A PHP Error was encountered

Severity: Warning

Message: finfo::file(news/Good_Husband_Radio_Report.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 182

A PHP Error was encountered

Severity: Warning

Message: mime_content_type(news/Good_Husband_Radio_Report.mp3): failed to open stream: No such file or directory

Filename: views/news-detail.php

Line Number: 183

अडियो सुन्नुहोस्

तपाईंको बिचार