सौगात र श्रीयालाई रनवे मोडलको उपाधि

प्रकाशित मिति: 2016-12-25

काठमाडौँ । ‘रनवे मोडल २०१६’को उपाधी सौगात शर्मा र श्रीया थापाले जित्नु भएको छ । ललितपुरको कुपन्डोलका २० बर्षीय शर्मा पुरुष र काठमाडौँको मन्डिखाटारकी २२ बर्षीया थापाले महिला तर्फको उपाधि हात पार्नु भएको हो ।

शर्मा १९ र थापा १४ प्रतिष्प्रर्धी पछि पार्न सफल रहनुभयो । दुबै बिजेताले उपाधिका साथमा चलचित्र, म्युजिक भिडियो अभिनय अवसरका साथै बिभिन्न उपहार प्राप्त गर्नु भएको छ । 

एकै प्रेक्षालयमा पुरुष तथा महिलालाई उतारिएको प्रतियोगीतामा पुरुष तर्फ सुमन श्रेष्ठ फष्ट रनरअप र मोहन थापा सेकेन्ड रनरअप घोषित हुँदा महिला तर्फ हिरादेबी राई फष्ट रनरअप र पुजा गुप्ता सेकेन्ड रनरअप चुनिनु भएको छ । राजधानीमा भएको प्रतियोगितामा वन तथा भु–संरक्षण मन्त्री शंकर भण्डारी पनि सहभागी हुनु भएको थियो । 

नायक मनोज आरसी, अन्तराष्ट्रिय मोडल दिपक घिमिरे, मोडल सपना अधिकारी, अभिनेता दिक्पाल कार्की, नेपाल फेसन आइकन बिजेता श्रृजना देवकोटा, अभिनेता निराजन थापा, फेसन डिजाइनर रोजिन श्रेष्ठ लगायत प्रतियोगिताको निर्णायकमा रहनु भएको थियो । 

महिला तथा पुरुषको सौन्दर्य, प्रतिभा निखार्दै नेपाली मोडलिङ जगतमा नयाँ आयाम थप्ने उद्देश्यले ‘रनवे मोडल’ आयोजना गर्दै आएको आयोजक  संस्था रनवे नेपालका अध्यक्ष चाँदनी लामिछानेले बताउनुभयो । 

प्रतियोगीतामा पुरुषतर्फ बेष्ट पफमेन्स निराजन महर्जन, ह्याण्डसम सौगात शर्मा, फेसनिष्ट मोहन थापा, भ्युयुर च्वाई राजन बुढाथोकी, मोष्ट एक्टिभ सुमन श्रेष्ठ,आभाष थिङ, फोटोजेनिक प्रवेश खड्का, मेकओभर बिश्वतामाङ, मल्टिभिडिया राजन बुढाथोकी, र्याम्पवाक शनिल महर्जन, बेष्ट फिजिक राजेश तामाङ, कन्ज्युनेन्टली संजिव श्रेष्ठले हात पार्दा महिला तर्फ बेष्टपफमेन्स पुजा गुप्ता, फेसनिष्ट खुस्बु तामाङ, बेष्ट प्रर्सनालिटी श्रीया थापा, म्यानेजमेन्ट च्वाइस रिस्ता लिब्बु, मोष्ट युनिक सुनिता कार्की, बेष्ट फिगर ज्योती तामाङ, मेकओभर संगिता केसी, मल्टिभिडिया रिस्ता लिम्बु, र्याम्पवाक हिरादेबी राई, बेष्ट क्विन सुस्मिता तुलाधरलगायतले हात पार्नुभयो । 

तपाईंको बिचार